गुल्मीको रुरुक्षेत्र बम्घामा पहिरो ः एकै परिवारका ४ जनाको निधन
दिपेन्द्र परियार १६साउन।०७७।गुल्मीको रुरुक्षेत्र गाँउपालिका वडा न ५ बम्घामा पहिरोमा परि ४ जनाको निधन भएको छ ।
निरन्तरको अबिरल बर्षा सँगै शुक्रबार बेलुकी करिब ८ बजे बम्घाको माझी बस्तीका राजु माझी को घर भन्दा माथि बाट ठुलो ढुङगा सहितको जब्रो खसेर घरलाई थित्दा माझिका श्रीमती सहित २ छोरा र १ छोरीको घटना स्थलमानै ज्यान गएको बम्घाबाट बिरबल पुरी ले जानकारी दिए । पहिरोले अन्य घरमा पनि क्षति पु¥याएको छ भने केहि घर जोखिममा परेका छन ।
यो समाचार तयार पार्दा सम्म स्थानिय बासीहरुले उद्धारको प्रयास गरेपनि निरन्तर पानि परीरहेको र पहिरो समेत झरी रहेकाले उद्धारकार्यमा समस्या भैरहेको छ ।मृतकको नाम खुलेको छैन ।घटनाको बारेमा प्रशासनलाई जानकारी गराईएको र अहिले खैरहनि बाट प्रहरीको टोली घटना स्थल तर्फ प्रस्थान गरेको रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष निलकण्ठ गौतमले बताए ।घटनास्थल अत्यन्तै दुर्गम ठाँउमा रहेका कारण प्रहरी प्रसाशन पुग्न ढीला भएको गौतमले जानकारी दिए । माझी बस्तीको माथि अब्यबस्थित खनिएको मोटर बाटोका कारण पहिरो गएको अध्यक्ष गौतमको भनाई छ ।थप बिबरण आउन बाँकी छ ।
« बरेङ गाँउपालिका बाटाकाचौरका किसान बाँदर र भालुबाट हैरान «
» बम्घा पहिरो ः एकै परिवारका ४ जनाको अन्तेष्टि ः राहत प्रदान »






