दर्ता. न‌: २४५/०६५/०६६

बम्घा पहिरो ः एकै परिवारका ४ जनाको अन्तेष्टि ः राहत प्रदान

दिपेन्द्र परियार १साउन।०७७।गुल्मीको रुरुक्षेत्र गाँउपालिका वडा न ५ बम्घा आँटिपाटा मा पहिरोमा परि ४ जनाको निधन भएको छ ।

निरन्तरको अबिरल बर्षा सँगै शुक्रबार बेलुकी करिब ८ बजे  बम्घाको आँटिपाटा माझी बस्तीका राजु माझी को घर भन्दा माथि बाट ठुलो ढुङगा सहितको जब्रो खसेर घरलाई थित्दा माझिका श्रीमती सहित २ छोरा र १ छोरीको घटना स्थलमानै ज्यान गएको बम्घाबाट बिरबल पुरी ले जानकारी दिए । मृत्यु हुनेमा राजु माझीका श्रीमति बर्ष ३० का बिना माझी,९महिनाकी छोरी  बिनीसा माझी ,छोराहरु बर्ष ९का सागर माझी र बर्ष ७ का हेमन्त माझी रहेका छन । 

स्थानिय र प्रहरीको सकृयतामा मृतकहरुको शव सुक्रबार रातिनै घटना स्थलबाट बाहिर निकालेका थिए  ।   सनिबार गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा,जिल्ला समन्वय समितीका प्रमुख लक्षमण पराजुली,रुरुक्षेत्र गाउपालिकाका अध्यक्ष निलकण्ठ गौतम लगाएतको टोलीले घटनास्थलको अबलोकन गरेको छ ।अबलोकन पश्चात घटनास्थलमानै डाक्टर बोलाएर शबको पोष्टमार्टम गरिएको छ ।

पोष्टमार्टम पश्चात माझीहरुको परम्परा अनुुसार शबको दाहसंस्कार गरिएको रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष निलकण्ठ गौतमले बताए ।

यसै बिच पहिरोमा ज्यान गुमाएका माझिको परिवारलाई तत्काल काजक्रियाको लागी राहत प्रदान गरिएको छ ।

गौतमका अनुसार रुरु क्षेत्र गाँउपालिकाको तर्फ देखि रु २५ हजार,गुल्मी जिल्ला समन्वय समितीको तर्फ देखि ५ हजार चेम्बर अफ कर्मस गुल्मीको तर्फ देखि ५ हजार र नेपालि काँग्रेस जिल्ला कमिटि गुल्मीको तर्फ बाट ५ हजार गरि कुल रु ४० हजार नगद राहत स्वरुप प्रदान गरिएको गौतमले बताउनु भयो । पहिरोले अन्य ५ घरपरिवार बिस्थापित भएका छन ।बिस्थापीत घर परिवारलाई तत्कालका लागी आँटिपाटा प्राबिमा ब्यबस्थापन गरिएको छ ।

« गुल्मीको रुरुक्षेत्र बम्घामा पहिरो ः एकै परिवारका ४ जनाको निधन «

» कालिगण्डकी गाउपालिका खस्कोटको स्थानिय कल्बद्धारा बिभिन्न कार्य सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal