कालिगण्डकी गाउपालिका खस्कोटको स्थानिय कल्बद्धारा बिभिन्न कार्य सम्पन्न
दिपेन्द्र परियार १७ साउन।०७७।गुल्मीको कालिगण्डकि गाँउपालिका वडा न ७ खस्कोटमा झण्डै ३ हजार बिभिन्न प्रजातिका फलफुलका बिरुवा लगाईएको छ ।
गुल्मीको कालिगण्डकी गाँउपालिका र चन्द्रकोट गाँउपालिकाको सिमाना नजिकै पर्ने पाखुरे डाँडाँमा स्थानिय क्युकाफल,हाडेकाफल,चिउरी, लगाएतका बिउ तथा बिरुवा लगाईएको हो ।
स्थानिय नबकिरण युवा कल्बको सक्रियतामा ठुलापोखरा सामुदायिक बन तथा स्थानिय पाखा पखेरामा ति बिउ तथा बिरुवाहरु संकलन गरिएको कल्बका अध्यक्ष रामु गिरीले बताउनुभयो । गिरिका अनुसार लामो लकडाउनको सदुपयोग गर्दै गाँउमा झण्डै साढे २ किलोमीटर घोरेटो बाटो तथा पिउने पानि धारा साथै पौवा निर्माण गरिएको छ ।
ल्कडाउनको समयलाई सदुपयोग गर्दै गाँउमा रहेका युवाले सामाजीक कार्य गरेकामा स्थानियहरुले कल्बको प्रशंसा गरेका थिए ।कल्बको आयोजनामा शुक्रबार कालिगण्डकी गााउपालिकाका अध्यक्ष बेद बहादुर थापा को बिशेष उपश्थितिमा घोरेटो बाटो तथा धारा,पौवाको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
« बम्घा पहिरो ः एकै परिवारका ४ जनाको अन्तेष्टि ः राहत प्रदान «







