दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा समुदाय स्तरमा पिसिआर परिक्षण गरिने ।

१८ श्रावण २०७७, बरेङ । बागलुङको बरेङ गाउँपालिकामा समुदाय स्तरमा पिसिआर परिक्षण गरिने भएको छ । गाउँपालिकाको आईतवार बसेको कोरोना रोग रोकथाम उच्च स्तरिय समितिको बैठकले समुदाय स्तरमा संक्रमण फैलिएको छ छैन भनि पत्ता लगाउन उच्च जोखिमका आधारमा प्रतिनिधि मुलक पिसिआर परिक्षण गर्ने निर्णय गरेको हो ।

जोखिमका आधारमा बैंक तथा बित्तिय संस्थाबाट एक एक जना, होटेल तथा किराना पसल व्यवसायी, जनप्रतिनिधि, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, मजदुर तथा निर्माण व्यवसायी, सवारी चालक तथा बिभिन्न कार्यलयका कर्मचारी गरि पहिलो चरणमा प्रतिनिधि मुलक ५० जनाको नमुना स्वाब संकलन गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए । भोलि श्रावण १९ गते सोमबार बिहान ७ बजे वडा नं. १ र २ को हुग्दिशिर स्वास्थ्य चौकी बरेङ र १० बजे वडा नं. ३,४ र ५ को बाटाकाचौर स्वास्थ्य चौकी नयाँबजारमा स्वाब संकलन गरिने पुनले जानाकारी दिए । 

यससँगै मास्कको अनिबार्य प्रयोग गर्ने तथा गर्न लगाउने, भिडभाड नियन्त्रण गर्ने, सवारी आवागमनमा अनुगमन तथा नियन्त्रण गर्ने र कोरोना संक्रमण रोकथाममा तथा नियन्त्रणमा समुदाय स्तरमा गठित बिभिन्न उप समितिहरु प्रिचालन गर्ने जस्ता निर्णय आजै बसेको कोरोना रोग रोकथाम उच्च स्तरिय समितिको बैठकले गरेको छ ।

बरेङ गाउँपालिकामा हालसम्म पिसिआर परिक्षण बाट १९ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमित १८ जना निको भएका छन् । त्यस्तै हाल सम्म जम्मा २२४ जना क्वारेन्टाईन बसेका छन् भने २१८ जना घर फर्केका छन्, संक्रमित १ जना सँगै ५ जना भने क्वारेन्टिनमै रहेकमा छन् । 

« कालिगण्डकी गाउपालिका खस्कोटको स्थानिय कल्बद्धारा बिभिन्न कार्य सम्पन्न «

» बरेङ बजारमा पिकअप दुर्घटना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal