दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा ४९ जनाको पहिलो चरणमा प्रतिनिधि मुलक नमुना स्वाब संकलन

दिपेन्द्र परियार।२० साउन ०७७।बागलुङको बरेङ गाउँपालिकामा समुदाय स्तरमा पिसिआर परिक्षण का लागी स्वाब नमुना संकलन गरिएको छ । 

पालिकाले जोखिमका आधारमा बैंक तथा बित्तिय संस्थाबाट एक एक जना, होटेल तथा किराना पसल व्यवसायी, जनप्रतिनिधि, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, मजदुर तथा निर्माण व्यवसायी, सवारी चालक तथा बिभिन्न कार्यलयका कर्मचारी र भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेनटिनमा रहेका गरि ४९ जनाको पहिलो चरणमा प्रतिनिधि मुलक नमुना स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताए । 

यससँगै मास्कको अनिबार्य प्रयोग गर्ने तथा गर्न लगाउने, भिडभाड नियन्त्रण गर्ने, सवारी आवागमनमा अनुगमन तथा नियन्त्रण गर्ने र कोरोना संक्रमण रोकथाममा तथा नियन्त्रणमा समुदाय स्तरमा गठित बिभिन्न उप समितिहरु प्रिचालन गर्ने जस्ता निर्णय कोरोना रोग रोकथाम उच्च स्तरिय समितिको बैठकले गरेको छ ।

बरेङ गाउँपालिकामा हालसम्म पिसिआर परिक्षण बाट १९ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमित १८ जना निको भएका छन् । त्यस्तै हाल सम्म जम्मा २२४ जना क्वारेन्टाईन बसेका छन् भने २१८ जना घर फर्केका छन्, संक्रमित १ जना सँगै ५ जना भने क्वारेन्टिनमै रहेकमा छन् ।

« बरेङ बजारमा पिकअप दुर्घटना «

» जनताहरु काम गर्दैनन् । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal