सर्बोदय माबिद्वारा शिक्षक हिस्कीलाई बिदाई ।
१३ श्रावण २०७५, बरेङ । सर्बोदय माध्यमिक बिद्यालयले आफ्ना शिक्षक बिष्णु हिस्कीलाई बिदाई गरेको छ । बागलुङको बरेङ गाँउपालिका–२, बरेङ स्थित उक्त बिधालयमा अघिल्लो शैक्षिक सत्र देखि नि मा बि गणित तथा विज्ञान बिषयमा अध्यापन गर्दै आएका शिक्षक हिस्कीलाई आईतबार एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
कार्यक्रममा बिद्यालयका शिक्षकहरु टोमनाथ शर्मा, धनिश्वर पौडेल र निमित्त प्रअ ठगराज शर्मा, विद्यार्थीको तर्फबाट आशिष गुरुङ र टेरुसा पुनले बिदाई मन्तव्य राखेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुरपुनको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष ललित पाध्याको विशेष उपस्थिति, शिक्षक कृष्णप्रसाद आचार्यको स्वागत मन्तव्य तथा शिक्षक पूर्णभद्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।
शिक्षक हिस्की पाल्पा जिल्लाको तिनउ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा शरुवा भएका छन् ।
» प्रदेश सरकारले सक्रियताकासाथ जनहितमा काम गर्छ ः मन्त्री बस्नेत । »