जनताहरु काम गर्दैनन् ।
२२ साउन २०७७ । शिव चालिसे । "नौलो जनवाद बारेमा माअोत्सेतुङ लेख्नुहुन्छ " वैज्ञानिक दृष्टिकोण भनेकाे तथ्यहरुकाे अाधारमा सत्य पत्ता लगाउनु हाे ।" यसबाट मैले याे बुझेको छु कि, सत्य भेट्टाउन तत्थहरुकाे खाेजि गर्नुपर्छ । जब तत्थहरुनै कमजोर छन । लुकाइएका छन भने सत्यको लडाइँ केवल लडाइँ मात्र हुन्छ । सत्य कहिलै पत्ता लाग्दैन । हाम्रो देशमा पनि सामान्य अपराधीक क्रियाकलाप देखि ठुला-ठूला अपराधीहरूपनि लुकाइएका छन् । यस कुरामा विभिन्न तथ्यहरु दिन अावश्यक छ जस्तो लाग्दैन । या त जनातालाई झुक्याएर अपराध नगर्नेहरु सजायको भागिदार छन । त्यसैले ती अपराधहरु सत्य भेटिन्छ भन्न सकिदैन । ती घटनाहरूले घटना वा त्यसका वरिपरि रहनेलाई मात्रै छुदैन । पुरै राष्ट्रलाई छुन्छ ।
चिनियाँ कम्मुनिष्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी भाईचार पार्टी हुन । याे मान्ने पङ्ति ठुलाे छ । तर त्याे हाेइन काम गर्ने र कुरा गर्ने भाइचारा हुन सक्दैनन् । केवल नामका कारण मात्रै दाजुभाइ देखिन्छ । माअाे जुन विचार दिनुभाे उहाँले मात्रै हाेइन पछिल्लो पुस्ताले समेत त्यसलाई माने र व्यावहारिक स्वरुपमा ढाले र अहिले चिन चिन भएकाे छ । सि बिचार अाएकाे धेरै पछि हाे। हामीकहाँ त कहिले जवज कहिले २१अाैं सताब्दिकाे गणतन्त्र , अहिले अन्दाधुन्दा समाजबाद । बिचारमा समेत हामी क्लिएर छैनौं । हामी कहाँ राजनीतिक खिचातानी सत्ताको आन्नद एकातिर सत्ता नपाएकाे रिस अर्कोतिर भैरहने हाे भने नेपाल नेपाल नरहन पनि सक्छ ।
यस अघि माअाे भन्नुहुन्छ " भाषण मात्रै गर्दै हिड्ने हरुले समस्या समाधान गर्दैनन् " याे कुरामा गम्भीर विषय छ । चिनमा जब जापानले नाकाबन्दी लगायाे । चिन सकारले जनतालाई भन्याे अाज थाेरै खाउ धेरै काम गर किनकि भाेली पनि चिन रहनु छ । उत्पादन गर्नु छ भनेर काम गर्न सिकायाे । अहिले संसारमै चिनका समानकाे बजार छ । नेपालमा भारतले नाकाबन्दी लागायाे तब चिनसंग व्यापार संझैताका कुरा उठे । प्रधानमन्त्री संसद भवन , चाेक, गल्ती , खुल्लामन्चमा भाषण गरेर नाकाबन्दीकाे विरोध गरे । हामी मख्ख भयाैँ । अहिले नयाँ नक्सा जारि भयाे । हामी मख्खनै भयौं । यसकाे अर्थ याे हाईनकी ती काम गलत थिए । ती काम सहि थिए कुरामा तर हामीलाई काम गरेरनै अाफु सबल हुनेहाे भन्ने कुराकाे अाभाष दिलाउ सकारले सकेन । जब नाकाबन्दी खुल्यो नेपालमा उत्पादित कृषिजन्य उपजकाे बजार डुब्याे । हाम्रो परिपाटी यस्तो बस्याे कि विरोध गर्ने र कुरा गर्ने मात्रै । काम गर्न सिकाईएन ।देश कसरी बन्छ सिकाइएन । केवल उड्डन्ते कुरामात्र गरेर हसाइयाे । बाँस याे सिकाइयाे अपाेजिस पार्टीले गरेकोे सबै गलत हाे ।जब सम्म राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो भन्ने वातावरण बन्दैन तवसम्म समस्याहरु समाधान हुदैनन् । अरुलाई नसुन्ने अाफै मात्रै तर्क गर्नेहरुले परिवर्तनको अाभाषा दिलाउन सक्दैनन् । तिनीहरुकाे पछि लाग्नुपनि मुर्खता हुन्छ । एउटा प्रसंग उठाउ ठूलो ज्यान वाला जहाज कण्डाका मुख्य दाेषि देखिएका रविन्द्र अधिकारीकाे मुत्यु पछि केपि अाेलिले भने त्याे काण्डमा रविन्द्रकाे हात थिएन । त्यसाे भा त्यसमा केपिकै हात थियाे त कि अरु कसैको थियाे । उसको थिएन भनेर थाहा पाउनेले यसकाे थियोे भन्ने पनि त थाहा हुन्छ हाेला प्र.म.ले जनता र पार्टी कार्यकर्तालाई उल्लु बनाए । हामी उल्लु भयाैँ ।त्यसपछि च्याटर क्वलाेज । यसरी मुर्ख बनाईएकाे छ राजनितीमा ।
विरोध गर्ने अन्य शक्ति जाेअलग विचार राख्छन । हदै सम्मकाे बन्देज र गालि गैलाेज गर्ने तरिका त राजाहरुकाे,राणाहरुकाे र पन्चेहरुकाे हाे । अहिले हामी पनि त्यहीँ विधि अपनाएका छाै । अब भन्नुस हामी कसरी गणतन्त्रमा छाै ।कसरी कम्युनिस्टको छातामुनि छाै । कम्युनिस्टले काम गर्न सिकाउनु पर्छ । कुरा हाईन । अधिकार संगसंगै कर्तव्यका पाठ पढाउनु पर्छ । त्याे खै ! अाजभाेलि जनताहरु खानेपानीको झारा गर्दैनन् , कुलाे खन्दैनन्, दशैमा बाटाे बनाउन पनि छाडे किन किनकि हाम्रो देशमा काम हाेइन कुरा गर्नेले शासन गर्छन् । त्याे सुनेर जनताहरु पनि चाैपारिमा बसेर कुरा गर्छन् । काम गर्दैनन् ।
« बरेङमा ४९ जनाको पहिलो चरणमा प्रतिनिधि मुलक नमुना स्वाब संकलन «
» साग्दीमा मधिराजन्य बस्तु बिक्री वितरणको लागि समय तालिका निर्धारण »







