दर्ता. न‌: २४५/०६५/०६६

साग्दीमा मधिराजन्य बस्तु बिक्री वितरणको लागि समय तालिका निर्धारण

दिपेन्द्र परियार ।२३साउन ।०७७।बरेङ गाउपालिका वडा न ३ बाटाकाचौर साग्दीमा मधिराजन्य बस्तु बिक्री वितरणको लागि समय तालिका निर्धारण गरिएको छ ।

 जथाभाबि जाड रक्सी बिक्री बितरण गर्दा परिवार ,समाजमा झै झगडा तथा अपराधजन्य गतिबिधी हुन सक्ने भन्दै बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म मधिराजन्य बस्तु बिक्री वितरणको लागि बन्देज गरिएको हो ।

सत्यवती समाज सुधार आमा समूह र ग्रामिण युवा खेककुद मञ्च साग्दी को आयोजनामा सम्पन्न बृहत गाँउभेलाले जाड रक्सी र सुर्तीजन्य बस्तु १६ बर्ष भन्दा मुनिका र विद्यालयको पोसाकमा रहेका विद्यार्थी लाई बिक्रीवितरण मा पनि रोक लगाएको छ  ।

भेलाले पदम क्षेत्रीको अध्यक्षतामा ९ सदस्यिय मधिराजन्य बस्तु बिक्री वितरण नियन्त्रण समिती गठन गरेको छ समितीको उपाध्यक्षमा पुजा राना सचीव माया बिक सहसचिव पृथ राना कोषाध्यक्षमा मन ब पुनलाई चयन गरिएको छ भने अन्य सदस्यहरुमा पुर्णकलि आले, देबि श्रीस, धन बहादुर बुढाथोकी र रुपा पौडेल चयन भएका छन ।

भेलामा सामाजीक बृकृती जुवा तास तथा मदिरा जन्य बस्तु नियन्त्रणको लागि गाँउमा कृयाशिल हिमचुली युवा क्लब , ज्वालामुखी युवा क्लब ,शिर्जनसिल युवा क्लब मनकामना आमा समूह बाचिखर्क , सत्यवती आमा समूह र मौवाबोट आमा समूह लगाएतका समुह हरुको सहभागिता रहेको थियो । 

« जनताहरु काम गर्दैनन् । «

» बरेङ कोरोना संक्रमण मुक्त,४९ को रिर्पोट नेगेटिभ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal