बरेङ कोरोना संक्रमण मुक्त,४९ को रिर्पोट नेगेटिभ
दिपेन्द्र परियार ।२३साउन ।०७७।बरेङ गाँउपालिकाका वडा न ४ सल्यानका कोरोना संक्रमीत ३४ बर्षिय पुरुषले कोरोना जितेका छन । भारतिय सेनामा कार्यरत ति पुरुषम कोरोना रिर्पोट पोजेटिभ आएपछि आफ्नै घरमा होम क्वारेन्टाईनमा बस्दै आएका थिए ।कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई बिहीबार बिदाई गरिएको छ । यो सँगै बरेङ गाँउपालिका हाल कोरोना संक्रमण मुक्त भएको छ ।
यता १९ गते समुदाय स्तरमा स्वाब संकलन गरिएका ४९ जनाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको बरेङ गाउपालिका का स्वास्थ्य संयोजक पदम बहादुर पुनले बताए ।
« साग्दीमा मधिराजन्य बस्तु बिक्री वितरणको लागि समय तालिका निर्धारण «
» नेपाली कांग्रेस भुपु सैनिक महिला संगठनले बरेङ गाउपालिकाको बिपद कोषमा आर्थिक सहयोग »







