नेपाली कांग्रेस भुपु सैनिक महिला संगठनले बरेङ गाउपालिकाको बिपद कोषमा आर्थिक सहयोग
दिपेन्द्र परियार।बरेङ।२६। साउन०७७।नेपाली कांग्रेस भुपु सैनिक महिला संगठनले बरेङ गाउपालिकाको बिपद कोषमा आर्थिक सहयोग गरेको छ ।
आईतबार पालिकाको कार्यलय सुदालामा एक कार्यक्रमको आयोजना गरि पालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मालाई नगद रु २० हजार प्रदान गरेको हो ।
बरेङ गाउपालिका वडा न ५ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कार्यबहाक सदस्य अमर बहादुर सेरपुर्जा, नेपाली कांग्रेस बरेङका कार्यबहाक सभापति तुलसीराम पौडेल, नेपाली कांग्रेस कार्यबहाक सदस्य मेख बहादुर छन्त्याल मार्फत रकम हस्तान्तरण गरिएको अमर बहादुर सेरपुर्जाले बताए । कार्यक्रममा विपद्को बेला सहोग प्रदान गर्नुहुने नेपाली कांग्रेस बरेङ गाउँपालिका लाई अध्यक्ष शर्मा ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
« बरेङ कोरोना संक्रमण मुक्त,४९ को रिर्पोट नेगेटिभ «
» बरेङ गाउकार्यपालिकाको ४१ औ बैठक पालिकाको कार्यलय सुदालामा सम्पन्न »







