दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउकार्यपालिकाको ४१ औ बैठक पालिकाको कार्यलय सुदालामा सम्पन्न

दिपेन्द्र परियार।बरेङ।२६। साउन०७७।बरेङ गाउकार्यपालिकाको ४१ औ बैठक पालिकाको कार्यलय सुदालामा सम्पन्न भएको छ ।

आईतबार सम्पन्न बैठकले ठेक्कामा रहेका योजना धुल्लुबास्कोट स्वास्थ्य चौकी ,बरेङ पेरिवाङ मोटरबाटो, नया बजार पेरीबाङ बाटोको कार्तिक मसान्त सम्म म्याद थप गर्ने  ,करार कर्मचारीहरुको पौष मसान्त सम्म सेवा सुबिधा नछुट्ने गरि म्याद थप गर्ने त्यसैगरि बिपदको अनुगमन गरि प्रतिबेदन पेश गरि क्षति न्युनिकरण गर्नका लागी योजना बनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कोरोना भाईरस नियन्त्रण र रोकथामका लागी बृस्तित योजना बनाई अगाडी बढ्ने ,घर नक्सा सम्बन्धी कार्यबिधी मसौदा पारित गनर्,े बाल कक्षा सञ्चालन अनुमति र सहजकर्ताको लागी ब्यबस्थापन गर्न शिक्षा साखालाई जिम्मेबारि प्रदान गर्ने लगाएतका निर्णय गरेको बरेङ गाउपालिकाका प्रबक्ता नर बहादुर बिकले बताए ।

« नेपाली कांग्रेस भुपु सैनिक महिला संगठनले बरेङ गाउपालिकाको बिपद कोषमा आर्थिक सहयोग «

» हुग्दिशिर पोखराचौरमा कोरोना सचेतना तथा टोल निगरानी समिती गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal