दर्ता. न‌: २४५/०६५/०६६

जैमिनी न.पाका दृष्टिविहीन छात्रलाई आर्थिक अभाव, शिक्षाबाट वञ्चित ः सहयोग गर्न अपिल

दिपेन्द्र परियार,बरेङ । २६ साउन २०७७ । बाग्लुङको जैमिनी नगरपालिकाका एक दृष्टिविहीन विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएका छन् ।

कोभिड–१९ का कारण देशैभरि दुर शिक्षा अन्तगर्त अनलाईन कक्षा सञ्चालन भई रहँदा जैमिनी नगर पालिका वडा नम्बर ८ छिस्ती फुर्केसल्लाका एक दृष्टीविहीन छात्र महेस शर्र्माले पढ्ने डाटा किन्नका लागि पैसा समेत नभएर अनलाईन कक्षा लिनबाट वञ्चित भएका हुन् ।

बाग्लुङ नगरपालिका वडा नम्बर १४ नारायणस्थानमा रहेको जनता धन माध्यमिक विद्यालय कक्षा ८ मा अध्यनरत रहेका शर्माको घरमा आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका कारण सहयोगका लागि सबै समक्ष आग्रह गरेका छन् । शर्मा र उनकी दिदी चाँदनि शर्मा दुवै जना दृष्टिविहीन हुन् चाँदनीे अहिले ११ कक्षामा अध्यनरत छन् उनिहरु दुवै भाई पोखरा स्थित एक व्यक्तिको सहयोगमा जनता धन माविको आवासमा बसेर पढ्दै आईरहेका थिए । शर्माको घरमा बाबाआमाले कृषि पेशा गर्दै आईरहनु भएको छ । एक जना दाजु घरमै रहेका छन् । सहयोगका लागि दुई दिदीभाईले मोवाईल नम्बर ९८४०५६७१७४ मा सम्पर्क गर्न अपिल गरेका छन् ।

« हुग्दिशिर पोखराचौरमा कोरोना सचेतना तथा टोल निगरानी समिती गठन «

» के समाजवाद हाम्रो पालामा अाउला ? »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal