के समाजवाद हाम्रो पालामा अाउला ?
शिव चालिसे । २६ साउन २०७७ । व्यक्तिहरु मिलेर परिवार र परिवार
मिलेर समाज र समुदाय बन्छ । समाजलाई ठेट परिभाषित गर्ने हो भने निश्चित चालचलन
नियम परिधि भित्र रहने मानिसहरूको समूह हो । व्यापक अर्थमा भन्दा एउटा निश्चित उद्देश्य
बोकेर संगै हिड्ने मान्छेहरूको समूहलाई पनि समाजका रुपमा परिभाषित गर्न सकिन्छ ।
जस्तै मगर समाज, क्षेत्री समाज, पोखरा काठमाडौ सम्पर्क
समाज यिनीहरुलाई समाज भनिन्छ भने राजनैतिक दलहरुलाई पनि एउटा समाज भन्न मिल्ने
मेरो तर्क छ । तर्क यस मानेमा छ कि दलहरुले एउटा निश्चित उद्देश्य बोकेका हुन्छन्
। जब निश्चित उद्देश्यमा दरार अाउछ । उनीहरु छुट्टिन्छन् । त्यसैले सबै एउटै
उद्देश्यमा तल्लीन हुने र एउटै विचार बोक्ने भएकोले राजनैतिक दलका उच्च प्रकारको
विकसित समाज हो । याे मेरो बुझाई हाे । यसमा सबै सहमत हुनुपर्छ भन्ने वाध्यात्मक
परिस्थिती चाहिँ हुँदैन । समाजबाट समाजवाद बन्यो समाजवादले बताउने मुख्य कुरा सबै
बराबर र सबैको विचार एउटै देश मात्रै नभएर विश्वलाई एउटै समाजमा बाँद्न खोज्नु नै
समाजवादको प्रमुख सुन्दरता हो ।
नेपालमा पनि लामो समयदेखि समाजवादको
चर्चा चलिरहेको छ । पुष्पलालले नेपाल कम्युनिस्ट पार्टी गठन गर्नु पूर्व नै नेपाली
कंग्रेसले पनि समाजवादको व्याख्या गरेर भारतबाट मान्छेहरुलाई संगठित गरेर 2007 सालको परिवर्तन मा
व्यापक जनसहभागिता जुटायाे । त्यसबेला समाजवादकाे मुद्दा गाैण भने थियाे । बिपी
कोइरालाले आफ्नो प्रकारले समाजवादको विकास गरेर विचार सम्प्रेषण गरे । पुष्पलाल, निर्मल लामा, मदन भण्डारी मार्क्सवाद
संग नजिक रहेर समाजवादको व्याख्या गरे । मोहनविक्रम, प्रचण्ड, माेहन वैद लगायतले अहिले पनि
व्याख्या गरेका छन् । खासमा समाजवादको कस्तो हो भन्ने कसैले पनि नेपालमा प्रयोगमा ल्याउन
सकेनन् । अहिलेको राजनैतिक परिस्थिति राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई
हेर्दा यिनीहरूका पाला पनि समाजवाद नेपालमा आउन नमान्ने देखिन्छ ।
जनताहरु समाजवादलाई हेर्न र साक्षात्कार गर्न
आतुर छन् । त्यो पनि व्यवहारमा । यसको गतिलो उदाहरण 2052 सालदेखि सुरु भएको
माओवादी युद्ध र 2062 /63 सालको जन आन्दोलनमा जनताहरूको सहभागिताले
देखाउँछ । समाजवादकाे जलप नलगाएकाे भए ति परिवर्तनहरु सम्पन्न गर्न नसकिन पनि
सक्थ्याे । समाजवाद मोहका कारण परिवर्तन भयो तर समाजवाद आएन ।
नेपालको संविधानमा समाजवाद उन्मुख
शब्द भन्ने आएको छ । त्यो व्यवस्था कस्तो
हुन्छ भनेर ठोस विचार कसैले पनि दिएका छैनन् । मेरा विचारमा जनवादी क्रान्ति
सम्पन्न भइसकेपछि वा अामूल राजनीतिक परिवर्तनपछि पनि पुजिको राम्रो विकास नभएसम्म
देशको विकास गर्न सकिँदैन । त्यसैले राज्यलाई तत्काल समाजवादमा लैजान सकिन्न ।त्यो
अप्ठ्यारो परिस्थितिको सामना गर्न राष्ट्रिय पुँजीको निर्माण, एकीकृत र सही
व्यवस्थापन,मान्छेको आचरणमा सुधार, राष्ट्रप्रेमी भावनाको
विकास,भूमिसुधारको उच्चतम रुप, कर्मचारीहरूको सहित
कार्यसंचालन ,जकडिएर रहेको राज्य
सत्ताका कतिपय कमजोरीहरुलाई नामेट नपारि व्यवस्थित सुशासन र अनुशासित राज्य
निर्माण गर्ने चरण पुग्न सकिन्न । त्यसैले यी सबै काम गर्ने कालनै समाजवाद
उन्मुख राज्य व्यवस्था हो । यी सबै कार्यहरु सम्पन्न भैसकेपछि मात्रै समाजवादी
व्यवस्थामा प्रवेश गर्न सकिन्छ। सरकारका यी कामहरु गरेकाे छैन । शिक्षा, स्वास्थ्य ,आवास र रोजगारी राज्यले
ग्यारेण्टी गर्न पर्छ । त्याे पनि समाजवाद उन्मुख व्यवस्थामै तर त्याे त भन भएकै
छैन । यी क्षेत्रहरु राज्यले जिम्मा नदिएर निजीकरण गर्न सहयोग गरिरहेको छ ।
एउटा उदाहरण एक निजी
विद्यालयले दुई सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मा लिने भनेर जुन 2077/78 को नीति तथा कार्यक्रम
छ । यसबाट के प्रष्ट
हुन्छ भने हामी समाजवाद उन्मुख व्यवस्थामा होइन पुजिवाद उन्मुख व्यवस्थामा
चलिरहेका छौँ । सिद्धान्ततः के हो भने चरम पुजीवादको विकास पछि मात्रै
समाजवादमा प्रवेश गर्न सकिन्छ । यो अन्तिम अवस्था हो ।अाप आफै झरेसी खाने अवस्था ।
झरेर खाने हो भने चरम पुजिवादको विकास नहुँदै पनि समाजवादमा जान सकिन्छ । हामीकहाँ
त झरेको आँप पनि के खाने, झार्न पनि के दुख गर्ने बरु पानिने पिउला भोक मेटाउला
भन्ने साेचकाे प्रधानताका कारण माथि भनेझै अहिलेका नेताहरुकै पालामा समाजवादलाई अाउदैन
भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
विपीको समाजवादको मुख्य जड कुरा वैज्ञानिक भूमिसुधार हो
। अहिलेको अवस्थामा यति मात्रै गरेपनि धेरै हुने थियो त्यो पनि नहुने देखिन्छ ।
धेरै वर्षसम्म कांग्रेसले राज्यसत्ता संचालन गर्दा बीपीको सपना पूरा भएन ।
कम्युनिष्टहरुले पनि पक्कै गदैन हाेला । छाटकाक त्यस्तो देखिदैन । यदि गरिहाले भने
कांग्रेस पार्टी कांग्रेस नरहेर एउटै पार्टी बने पनि हुन्छ । कम्युनिस्टहरूको
समाजवाद अझै उच्च प्रकारको छ विश्वमा काल्पनिक समाजवादीहरू मार्क्स भन्दा पहिले
पनि थिए । त्याे केबल आध्यात्मिक काल्पनिक समाजवाद थियो । आध्यात्मिक काल्पनिक
समाजवादले सबैलाई न्याय दिन सक्दैन । त्यसैले मार्क्सले वैज्ञानिक दृष्टिकोणको
आधारमा समाजवाद साम्यवादको विचारलाई अगाडि सारे । उनको विचार नै अहिलेको
कम्युनिष्टले मानिरहेका छन् त्यो एक सामाजिक वैज्ञानिक दृष्टिकोण हो । झन त्याे
व्यवस्थामा त अहिलेकाे सरकार जान नसक्ने मात्रै हाेईन असम्भव नै छ ।
संविधानकाे समाजवाद उन्मुख शब्द
देखेर सबै एउटै हुने अाशाका साथ तत्कालिन नेकपा (ऐमाले) र नेकपा (माअाेवादि, केन्द्र ) काे पार्टी
एकता प्रकृया अगाडि बढ्याे । तर प्रकृया सम्पन्न नहुदै क्षतविक्षत हुनेहाेकी भन्ने
प्रवल सम्भावना मा पुगेको छ । यो सबै सत्ता मोहको कारण भएको हो । त्यसैले पनि यो
देखियो कि हाल नेपालमा समाजवाद अाउन गारो छ । मदन भण्डारीले जनताको बहुदलीय
जनवाद अन्तर्गत क्रान्तिको बाटो शीर्षकमा लेख्नुहुन्छ "लक्ष्य अनिवार्य र
निर्णायक तत्व हो । बाटो त्यसलाई सकेसम्म छिटो र सुगम ढंगले प्राप्त गर्ने साधन हो
। त्यसकारण लक्ष्य प्रमुख हाे । साधन गाैण । जुन साधनबाट लक्ष्यमा पुग्न सकिन्छ,त्यसलाई क्रान्तिकारी
रुपले दृढतापुर्वक प्रयाेग गर्नु पर्छ ।" के केपी यहि कुरालाई
अवलम्बन गरेका हुन् भने पार्टीलाई साधन बनाए र समाजवादलाई लक्ष्य यो
हो भने केपिले जबज छाडेका छैनन् ।
जे सुकै हाेस पार्टी फुटाेस तर म दृढतापुर्वक
सत्ता संञ्चालन गर्छु भनेर लागेका छन् । एक्काइसौँ शताब्दीको जनवाद मा प्रचण्ड
लेख्छन् "कुनै दल वा दलको आडमा
कसैले सत्ता समाल्याे भने र पार्टीको पुनै पंक्ति सत्ता स्वार्थ पायो भने पार्टीमा
नोकरशाही, पदलोलुप र कसरी
सुविधासम्पन्न वर्ग बन्ने भन्ने विषयको मात्रै चिन्तन हुन्छ । त्यसैले पार्टीमा
दुई लाइन संघर्ष निरन्तर चलाउनुपर्छ ।" कि यही कारण पार्टीको आन्तरिक संघर्ष
सुरु गरेका हुन् भने प्रचण्डले पनि एक्काइसौं शताब्दीको जनवाद छाडेका छैनन् ।
यदि जबज र एक्काइसौं शताब्दीको
जनवाद मिलाएर प्रतिपादन गरेको जनताकाे जनवाद हाे भने दुवैले यी कुराहरु
मान्न जरुरी छ ।त्यस्तो भएको देखिन्न यसले नेपालमा समाजवादी व्यवस्था
कायम गर्न सघाउन पुर्याउनुको साटो प्रतिगमनको खतरा देखाउछ । राजनीतिक दलहरुले नै
देशको परिस्थितिलाई राम्रो संग आँकलन गरेर अगाडि बढेनन् भने त्यो पनि देशको प्रमुख
दलले देशमा समाजवाद त धेरै टाढाको कुरा भयो जनताले सामान्य घरव्यवहार चलाउने देखि
लिएर बच्चाबच्ची पढाउन र स्वास्थ्य उपचारका लागि वर्षौंसम्म वैदेशिक रोजगारीको मुख
ताक्ने र स्वदेशमा रहने राजनीतिक दलहरुले बूढाबूढी र केटाकेटी माथि मात्रै राजनीति
गर्ने परिपाटी वर्षौंसम्म लम्बिन सक्ने सम्भावना छ ।
« जैमिनी न.पाका दृष्टिविहीन छात्रलाई आर्थिक अभाव, शिक्षाबाट वञ्चित ः सहयोग गर्न अपिल «
» धुवाखोला सामुदायिक होमस्टेमा सोलार जडान »