दर्ता. न‌: २४५/०६५/०६६

प्रदेश सरकारले सक्रियताकासाथ जनहितमा काम गर्छ ः मन्त्री बस्नेत ।

१८ श्रावण २०७५ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री राम शरण बस्नेतले प्रदेश सरकारले सक्रियताका साथ जनहितमा काम गर्ने बताएका छन् । प्राकृतिक बिपदको स्थलगत अनुगमनको क्रममा शुक्रबार बागलुङको बरेङ गाउँपालिका आईपुगेका मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

मन्त्री बस्नेतले प्राकृतिक बिपदको यस दुखद घडिमा सरकार गम्भीर रहेको भन्दै प्रदेश सरकार सबैभन्दा नजिकको सरकार भएकाले पनि जनताको पक्षमा काम गर्नेमा आश्वास्त हुन आग्रह गरे । आफुहरु रहरले घुम्न नआएकाले प्राकृतिक प्रकोपले बिगारेका संरचनाहरुलाई जस्ताको तस्तै बनाईने मन्त्री बस्नेतको भनाई थियो । त्यस्तै मन्त्री बस्नेतले यस्ता बिपदका व्यवस्थापनमा सामुहिक प्रयास बाट लाग्नुपर्नेमा पनि सुझाए ।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले अब बिकासका कार्यहरुलाई तिब्रता दिई जनतालाई अब छिटै बिकासको प्रत्याभुती दिलाईने बताए । यसअघी जनताको घरआगनमै मन्त्रीहरु यसरि जनताका कुरा सुन्न आएको अनुभव आफुसङग नरहेको पनि सांसद थापाको भनाई थियो ।

कार्यक्रम बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, वडा नं. ३ का अध्यक्ष पुर्ण बहादुर खनालको स्वागत मन्तव्य तथा बरेङ गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

« सर्बोदय माबिद्वारा शिक्षक हिस्कीलाई बिदाई । «

» आउँदो भिकुम पुर्णिमामा सत्यववती महोत्सव गरिने । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal