बरेङका कर्मचारीद्धारा तीज विशेष कार्यक्रम
२८ साउन २०७७ ।हुग्दिशिर । बरेङका कर्मचारीद्धारा हरितालिका तिजको अवसर पारेर सञ्चालन गरिएको तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम बुधाबार सम्पन्न भएको छ ।
कोभिड १९ कारण भव्य कार्यक्रम गर्न अप्ठयारो स्थिति भएकाले सामान्य रुपमा बागलुङको बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर सुदलामा कार्यरत कर्मचारीहरुबिच मात्र तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेकोे सूचना प्रविधि अधिकृत राजन कार्कीेले बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनग्रहण गर्दै पालिका उपाध्यक्ष दिलकुमारी पुनले महिलाहरु महिलाबाट नै दमनमा परेको, तडकभडकको चार्ड तिज हुन थालेकोे, आफ्नो दायित्व नबुझेकोले भड्किलो तिज देखिदै गएको छ त्यसैले सम्पूर्ण दिदीबहिनीहरुले यसको संरक्षण गरि परम्परालाई बचाउनुपर्ने बताएकी थिइन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले नारी प्रति सद्धाव कायम गर्नुपर्ने बताउँदै आजको कार्यक्रमले कर्मचारीबिच दाजुभाई र दिदीबहिनीको सम्बन्ध स्थापित गर्नुका साथै सम्पर्क बढाउने, सबै प्रति सम्मान गर्न सिकाउने उल्लेख गरे ।
कार्यक्रममा प्रशासन अधिकृत रामचन्द्र शर्मा, लेखा सहायक संगिता शर्माले शुभकामनारुपी सन्देश व्यक्त गरेका थिए भने लेखा अधिकृत गोकुल शर्माले महिला कर्मचारीलाई फुलको गुच्छा दिएर सम्मान गरेका थिए । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको अध्यक्षता, कम्प्युटर अपरेटर पितम्बर सुवेदीको स्वागत र शिक्षा अधिकृत सुर्यप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
« बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएका स्थानको अनुगम गर्दै «







