दर्ता. न‌: २४५/०६५/०६६

तिजको अबसरमा बरेङ बजारमा लाग्ने बृहत तिज मेला यो बर्ष नहुने ः मुख्य बाधक कोरोना

दिपेन्द्र परियार बरेङ।३२।साउन।०७७हरितालिका तिजको अबसरमा बरेङ बजारमा आयोजना हुदै आएको बृहत तिज मेला यो बर्ष नहुने भएको छ ।

देश भरिनै कोरोना भाईरस कोभिड १९ को संक्रमण तिब्र बनेपछि जोखिम बढेको भन्दै सरकारले नै मेला महोत्सबमा रोक लगाएका कारण स्वास्थ्य सुरक्षाको संबेदनशिलतालाई ध्यानमा राख्दै मेला स्थगित गरिएको मेला आयोजक संस्था ग्रामिण जनसहभागीता बिकास केन्द्रले जनाएको छ  । 

हरेक बर्ष तिजको अबसरमा आयोजना हुने बरेङको तिज मेला बाग्लुङ जिल्लाको दक्षिण भेगकै ठुलो मेलाको रुपमा लिईने गरिन्छ ।

कैयौ बर्ष पहिले हरितालिका तिजको भोलीपल्ट पञ्चमीका दिन स्वत स्फुर्त रुपमा बाग्लुङका साथै गुल्मी,पर्बत , को बिभिन्न ठाँउहरुबाट हजारौ को सङख्यामा मान्छे भेलाहुने रातभरी झाम्रे (सालैज्यो) गाएर रमाईलोका साथ तिज मनाउने गरेको बरेङका बुढा पाका ब्यक्ति बताउछन । पछिल्लो समयमा तिज मेलाको अबसर पारेर बरेङ स्थित ग्रामिण जनसहभागीता बिकास केन्द्रले आफ्नो बार्सिकोत्सब को रुपमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक  कार्यक्रमहरुको आयोजना गरेर मनाउदै आएको छ ।

बिगतका वर्षहरुमा कल्बले दक्षिण बाग्लुङकै उच्च धनरासिको पुरस्कार सहित महिला तथा पुरुष भलिबल प्रतियोगीता,ब्याडमिन्टन प्रतियोगीता,तिजगित प्रतियोगीता,खुल्ला नृत्य प्रतियोगीता, हाजिरी जवाफ प्रतियोगीता लगाएतका अन्य सास्कृतीक कार्यक्रमहरुको आयोजना गरेर दर्शकहरुलाई मनोरञ्जन दिने गरेको कल्बका अध्यक्ष हिरा बहादुर थापाले बताए ।

तिजमेलाको अबसरमा बरेङ बजारमा करोडौको ब्यापार समेत हुने गरेकामा यो बर्ष ब्यापार शुन्य प्राय हुने निश्चित भएको बरेङ बजारमा होटल ब्यबसाय गर्दै आउनु भएका ब्यबसायि संघ बरेङ बजारका उपाध्यक्ष टिकेस गलामी  बताउछन ।

बिगदका तुलनामा भने पछिल्लो समय मेला अबलोकन गर्ने हरुको जमात कम हुदै गएकामा कल्बका अध्यक्ष थापाले चिन्ता ब्यक्त गर्दै यस पालि ठुलो भिडभाड हुने गरि कार्यक्रमको आयोजना नगरिने बताउदै सामान्य औपचारीक कार्यक्रम मात्र गरीने जानकारी दिए ।थापाले सम्पुर्ण नेपाली दिदि बहिनी दाजुभाई लगाएत शुभेच्छुकहरुलाई कोरोना माहामारीको यो समयमा स्वास्थ्य सुरक्षाको उपायहरु अबलम्बन गर्दै सुरक्षित तरिकाले तिज मनाउन अनुरोध गरेका छन ।

« बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएको वडा न १ धुल्लुबास्कोटकोे अनुगमन र क्षतिको बिबरण संकलन गर्यो ।बाकिरहेका स्थानमा क्रमस अनुगमन गरिने «

» बरेङ गाँउपालिका वडान ३ मा महिला प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ः ७ सदस्यिय महिला उत्थान समिती गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal