बरेङ गाँउपालिका वडान ३ मा महिला प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ः ७ सदस्यिय महिला उत्थान समिती गठन
दिपेन्द्र परियार ।बरेङ।३२ साउन।०७७बरेङ गाँउपालिका वडान ३ मा महिला प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि बाटाकाचौर महिला उत्थान समिती गठन गरिएको छ ।
वडामा आउने हरेक बिकास निर्माणका कार्यहरुमा महिलाहरुको समानुपातिक सहभागीता गराउने ,शिक्षा स्वास्थ्य,र सामाजिक कुरीतीहरुका बिरुद्ध महिलाहरुलाई सचेतना प्रदान गर्दै संगठित गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बरेङ गाँउपालिकाका प्रबक्ता नर बहादुर रिजालले बताए ।
कार्यक्रममा वडा भरिका १६ वटा आमासमुहका प्रतिनिधी हरुको सहभागीता मा तुलसि बस्यालको अध्यक्षतामा ७ सदस्यिय समिती गठन गरिएको हो । समितीको उपाध्यक्षमा अनिता न्यौपाने ,सचिब सरस्वती क्षेत्री थापा ,कोषाध्यक्ष टिका भण्डारीलाई चयन गरिएको छ भने सदस्य हरुमा जमुना पौडेल, दुर्गा न्यौपाने , कोपीला पौडेल रहनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वरेङ गाउपालिका सामाजिक बिकास समितीका संयोजक नर बहादुर बिकले सामाजीक बिकृती र कुरीती हटाउन महिलाहरुलाई समय समयमा प्रशिक्षण मुलक कार्यक्रममा सहभागी गराउनुपर्ने उल्लेख गर्दै यस्ता खालका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । बरेङ गाँउपालिका महिला बिकास साखा प्रतिनिधी निसा गिरीले कार्यक्रमको बिषयमा प्रकास पार्नु भएको थियो ।त्यस्तै वडा सदस्यहरु धनपति शर्मा ,दिपा सुनार स्रोत ब्यक्ति यज्ञ न्यौपाने लगाएतले बोल्नु भएको थियो ।
वडाका कार्यबहाक अध्यक्ष दुर्गा कार्कि थापा क्षेत्रीको अध्यक्षता ,वडा सचिब ईन्द्र प्रसाद आर्चायको स्वागत मन्तब्य , वडा कार्यलय सहयोगी प्रेम नेपालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
« तिजको अबसरमा बरेङ बजारमा लाग्ने बृहत तिज मेला यो बर्ष नहुने ः मुख्य बाधक कोरोना «
» बरेङ गाउपालिका २ की एक महिला गत साउन १२ गतेदेखि बेपत्ता ः प्रहरीको खोजतलास जारी »






