दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउपालिका २ की एक महिला गत साउन १२ गतेदेखि बेपत्ता ः प्रहरीको खोजतलास जारी

दिपेन्द्र परियार।बरेङ।१ भदौ।०७७।बरेङगाउपालिका २ की एक महिला विगत केही दिनदेखि बेपत्ता  भएकी छन । बरेङ गाउँपालिका–२ सिग्दीका छत्र बहादुर पुनको श्रीमती  बर्ष ३६ की सुबि पुन गत साउन १२ गतेदेखि बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बरेङ डाँडाँका प्रमुख दानबहादुर केसीले बताउनु भयो ।

आफ्नो सासु लामो समय देखि बेपत्ता भएको  भन्दै बुहारी लालु पुनले खोजिदिन आग्रह गर्दै ईलाका प्रहरी कार्यालय बरेङडाँडाँमा उजुरी दर्ता गराएपछि  घटना बाहिर आएको हो ।

बुहारीले दर्ता गरेको निवेदनमा सुबि पुनले श्रीमानले साउदीमा १८ वर्ष कमाएको करिब ७०÷८० लाख रुपैयाँ हिनाबिना गरि बेपत्ता भएको बताईएको छ ।निबेदन अनुसार बेपत्ता पुनका श्रीमान छत्रबहादुर विगत १८ वर्षदेखि साउदीमा कार्यरत रहेको बताईएको छ । 

बेपत्ता भएकी  महिला गुल्मीको कालिगण्डकी गाँउपालिका ४ तल्लो ओकेङका राजकुमार दर्लामी(निमे) सँग गएको र उनिहरुको सामाजीक सञ्जाल फेसबुक मार्फत सम्पर्कमा भएको बेपत्ता महिलाका जेठाजु मिन बहादुर पुनले बताए । 

यस बारेमा सम्बन्धित ब्यक्तिलाई सम्पर्कमा नल्याए सम्म केहि भन्न नसकिने ईलाका प्रहरी कार्यलय बरेङले बताएको छ । ईलाका प्रहरीकार्यालय बरेङका अनुसार बेपत्ता महिला गुल्मीको पुर्तिघाट आसपासमा लुकेर बसेको आशंकामा पुर्तिघाट प्रहरीचौकीमा खबर गरि खोज तलास गरिएपनि पत्ता लागेको छैन  ।उनिहरु त्यहाँबाट पर्बत तर्फ भाग्न सक्ने पुर्तिघाट प्रहरीलाई उद्धृतगर्दै इलाका प्रहरी कार्यालय बरेङले बताएको छ ।

बेपत्ता भएकी महिलाको घरमा एक छोरा, एक छोरी र बुहारी रहेका छन ।

« बरेङ गाँउपालिका वडान ३ मा महिला प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ः ७ सदस्यिय महिला उत्थान समिती गठन «

» सुखौराका ७९ वर्षीय वृद्धद्वारा आत्महत्या »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal