सुखौराका ७९ वर्षीय वृद्धद्वारा आत्महत्या
केशवराज क्षेत्री । बरेङ । २०७७ भाद्र १ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरा त्रिवेणीका ७९ वर्षीय धन बहादुर ज्ञावालीले झुन्डिएर आत्महत्या गरेका छन् ।
साउन ३२ गते आइतबार साझ ५स्३० बजेको समयमा बुहारीले खाना खान बोलाउनको लागि आटिमा जाँदा घरको बार्तलिमा रहेको चन्दनको काठ र नाइनलको डोरी लगाएर झुन्डिएको अवस्थामा भेटिएको परिवारले बताएको छ ।
देख्दा बित्तिकै डोरी फुकाएपनि बचाउन नसकिएको, ज्ञावालि
बढी मात्रामा मादक पदार्थ सेवन गर्ने, घरमा झै झगडा गरिरहने गरेको पारिवारिक श्रोतले बताएको छ ।
ज्ञावालीका २ छोरा र श्रीमति को मृत्यु भैसकेको घरमा एक बुहारी र नातिनी रहेका छन भने एउटा छोरा विदेश रहेको बताइएको छ त्यस्तै नातिनि बुहारी गुल्मीको शान्तिपुर बस्दै आएका र नाति विदेश रहेको प्रहरीले बताएको छ ।
शवलाई सोमबार पोस्ट्मार्टमका लागि प्रहरी जवान प्रेम बहादुर विकको निगरानीमा बुर्तिबाङ पठाईएको
इलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रहरी नायव निरिक्षक दान बहादुर केसिले बताए ।
« बरेङ गाउपालिका २ की एक महिला गत साउन १२ गतेदेखि बेपत्ता ः प्रहरीको खोजतलास जारी «







