दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा कुल संक्रमीत २१ ः १९ जना निको

दिपेन्द्र परियार।बरेङ।२साउन०७७।बागलुङको बरेङ गाउँपालिकाका २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बरेङ गाउँपालिका वडा न २ हुग्दिसिरका एकै परिवारका ४ जना मध्ये बर्ष २४ की महिला तथा बर्ष ७ का बालकमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । 

भारतका बिभिन्न ठाँउबाट आएर पालिकाका बिभिन्न सामुदायिक भबनको क्वारेन्टाईनमा बसेका मध्ये साउन २९ गते ३६ जनाको स्वाब नमुना संकलन गरिएका मध्ये अन्यको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिनु भयो ।

यो सँगै बरेङ गाँउपालिकामा कुल संक्रमीतको संख्या २१ पुगेको छ यो मध्ये १९ जना निको भएर घर फर्किसकेका छन ।

बरेङ गाँउपालिका भरि अहिले ५१ जना क्वारेन्टाईनमा रहेका छन । अब १५ जनाको स्वाब नमुना संकलन गर्न बाकि रहेको पुनले जानकारी दिनुभयो ।

« सुखौराका ७९ वर्षीय वृद्धद्वारा आत्महत्या «

» बरेङ लाई झड्का ः वडा न २का जनप्रतिनीको चरम लापर्बाही ः भारतबाट आएको १५ दिन बितिसक्दा समेत पत्तो छैन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal