बरेङ लाई झड्का ः वडा न २का जनप्रतिनीको चरम लापर्बाही ः भारतबाट आएको १५ दिन बितिसक्दा समेत पत्तो छैन
दिपेन्द्र परियार।बरेङ।२साउन०७७ बरेङ गाँउपालिकाका २ जना ब्यक्ति भारतबाट आएर १५ दिन घरमा बस्दा पनि बरेङ गाँउपालिका बेखबर रहेको पाईएको छ ।
बरेङ गाँउपालिका वडा न २ तङग्रामका जित बहादुर सुनार र लोक बहादुर सुनार घरमा आमाको देहान्त भएपछि भारतको आग्राबाट साउन २० गते आएर काजकिरियामा बसेका थिए ।
१३ दिन काजकिरिया बसेर आफन्त जनको साथमा टिका टालो लगाएत सम्पुर्ण कर्मकाण्ड उम्काई सक्दा समेत कसैलाई केहि पत्तो भएन । सुनारले वडा न २ का वडा सदस्य रन बहादुर क्षेत्रीलाई आफुले जानकारी गराएको बताएका छन । सुनारका अनुसार क्षेत्रीकै सरसल्लाहमा आफुहरु भारतबाट आएको र काजकिरियामा बसेको बताए । अहिले सम्म आफुहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएको जित बहादुरले बताए ।
बरेङ गाँउपालिकाका स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनका अनुसार आफुले पटक पटक वडा न २ का जनप्रतिनिधीलाई वडा न २ मा भारतबाट आएका ब्यक्तिको बिबरण माग गरेको तर कसैलेपनि सुनारद्धयको बारेमा कुनै जानकारी बिबरण उपलब्ध नगराएको बताए ।
पुनका अनुसार बिबरण उपलब्ध गराउने सन्दर्भमा आफ्नो कमजोरी भएको क्षेत्रीले स्विकार गरेका छन । सुनारको स्वाब नमुना तिजपछि मात्रै संकलन गर्न सकिने स्वास्थ्य साखाप्रमुख पुनले बताए । कतै समुदायमा संक्रमण फैलिने होकी भन्ने चिन्तामा स्थानिय बासि त्रसित भएका छन ।
« बरेङमा कुल संक्रमीत २१ ः १९ जना निको «
» मध्यराति बाटाकाचौरको एक गोठमा आगलागी ः ४ बाख्रा १ भैसी मरे »







