मध्यराति बाटाकाचौरको एक गोठमा आगलागी ः ४ बाख्रा १ भैसी मरे
दिपेन्द्र परियार ।बरेङ।३ भदौ।०७७बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरमा गोठमा आगलागी हुँदा ४ बाख्रा १ भैसी मरेका छन ।
सोमबार मध्य राति बाटाकाचौर टारिका होमबहादुर कार्किको गोठमा आगलागी हुदाँ ति पशु चौपायको क्षति भएको हो १ भैसीको आधाभाग जलेको अबस्थामा उद्धार गरिएको छ ।
टारिमा रातको समयमा जंगलि भालुले पटक पटक दुख दिन थालेपछि गोठमा आगो बालिराखेको र त्यही कारण गोठमा आगलागी भएको पिडीत होम बहादुर कार्कीलाई उद्धिृत गर्दै रेडक्रस बाटाकाचौरका सभापति मदन बहादुर कार्किले बताए ।
कार्किका अनुसार रातिको समयमा गोठमा आगलागी भएको गोठ पारिपट्टिका स्थानियले देखेर फोन गरेपछि घाईते अबस्थामा भैसीको उद्धार गरिएको थियो ।
रातिनै स्थानियहरुले आगोनियन्त्रणमा लिएका थिए ।
मंगलबार बिहान नेपाल रेडक्रस बाटाकाचौरले पिडितलाई त्रिपाल हस्तान्तरण गरेको छ भने प्रहरी चौकी बाटाकाचौरले घटनाको मुलचुका उठाएको छ । पिडित किसान होम बहादुर क्षेत्रीलाई सक्दो सहयोग गर्न रेडक्रस बाटाकाचौरका सभापति मदन कार्कीले सबैलाई आब्हान गरेका छन ।







