आउँदो भिकुम पुर्णिमामा सत्यववती महोत्सव गरिने ।
२० श्रावण २०७५, गुल्मी । आउँदो मसिंर महिनाको भिकुम पुर्णिमाको दिन पारेर गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका ७ हिलेमा रहेको सत्यवती मन्दिरमा सत्यववती महोत्सव गरिने भएको छ । मन्दिरलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सोहि स्थानमा रहेको संघर्ष युवा क्लबले महोत्सवको आयोजना गर्नेे भएको हो ।
महोत्सवमा भलिवल प्रतियोगिता, व्याडमिण्टन प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, वक्त्तृत्वकला प्रतियोगिता लगाएतका प्रतिस्पर्धात्मक कार्यक्रमहरु सहित ख्याती प्राप्त कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम, चित्रकला तथा फोटो प्रदर्शनी, स्वास्थ्य प्रवचन, कविता कन्सर्ट लगाएतका कार्यक्रमहरू समावेश गरिएको क्लबका सचिव राहुल पुनले रेडियो बिहानीलाई बताए ।
महोत्सव सफल पार्न शनिवार बसेको महोत्सब तयारि भेलाले पदम थापा संयोजक र मनमाया थापा सहसंयोजक रहेको २७ सदस्यीय महोत्सव तयारी मूल समिती गठन गरेकोे छ । महोत्सवमा कूल १० लाख खर्च हुने अनुमान गरिएको छ भने क्लबले सत्यवती महोत्सव सफल पार्नको लागि सबैसंग आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न अनुरोध गरेको छ ।
त्यस्तै क्लबले वालदिवसको अवसरमा सरस्वती प्राथमिक विद्यालय संगको सहकार्यमा क्लव स्तरीय अन्डर नाइन्टिन भलिबल प्रतियोगिता सहित विभिन्न प्रावि स्तरीय कार्यक्रमको आयोजना गरि वालदिवस मनाउने तयारी समेत सुरू गरेको क्लबका अध्यक्ष लेखान्त पुनले जानकारी दिए ।
« प्रदेश सरकारले सक्रियताकासाथ जनहितमा काम गर्छ ः मन्त्री बस्नेत । «