बरेङका ३४ जनाको रिर्पोट नेगेटिभ ः रिर्पोट नेगेटिभ आएपनि एकै परिवारका ४ जना क्वारेन्टाईन र आईसोलेसनमा बस्ने
दिपेन्द्र परियार।बरेङ।३।साउन।०७७बागलुङको बरेङ गाउँपालिकाका ३४ जनामा कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ ।
भारतका बिभिन्न ठाँउबाट आएर पालिकाका बिभिन्न सामुदायिक भबनको क्वारेन्टाईनमा बसेका मध्ये साउन २९ गते ३६ जनाको स्वाब नमुना संकलन गरिएका मध्ये ३४ जनाको रिर्पोट नेगेटिभ आएको बरेङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले जानकारी दिनु भयो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा सोमबार बेलुकी बरेङ गाउँपालिका वडा न २ हुग्दिसिरका एकै परिवारका ४ जना मध्ये २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो । यसै बिच कोरोना संक्रमण रिर्पोट नेगेटिभ आएपनि संक्रमित संगै बसेका एकै परिवारका ४ जना मध्ये २ जना त्यही भबनमा क्वारेन्टाईनमा बस्ने भएका छन।संक्रमीत २ जना पनि उनिहरुको चाहना अनुसार नै अहिले बसिरहेको सामुदायिक भबनलाईनै आइसोलेसन निर्माण गरि बस्ने भएका पुनले बताउनु भयो ।
बरेङ गाँउपालिका भरि अब १५ जनाको स्वाब नमुना संकलन गर्न बाकि छ ।
« मध्यराति बाटाकाचौरको एक गोठमा आगलागी ः ४ बाख्रा १ भैसी मरे «
» जैमिनी अर्जेवाका प्रकोप पिडित १० घर धुरीलाई सुनौलो बाग्लुङको ५६ हजार »






