जैमिनी अर्जेवाका प्रकोप पिडित १० घर धुरीलाई सुनौलो बाग्लुङको ५६ हजार
दिपेन्द्र परियार ।३भदौ। ०७७।सुनौलो बाग्लुङ संस्थाले बाग्लुङको जैमिनी नगरपालिका वडा न ६ का प्राकृतिक प्रकोप पिडितलाई राहत बितरण गरेको छ ।
जैमिनी नगलिका वडा न ६ अर्जेवाका प्राकृतिक प्रकोप पिडित १० घर धुरिलाई बुधबार एक कार्यक्रमको आयोजना गरि नगद रु ५६ हजार राहत रकम प्रदान गरेको हो । प्राकृतिक प्रकोपबाट प्रभाबित ३ घर धुरिलाई नगद रु ७ ÷७ हजारका दरले रकम प्रदान गरिएको छ भने ७ घर धुरीलाई नगद रु ५ ÷५ हजारका दरले रकम प्रदान गरिएको सुनौलो बाग्लुङ सस्थाका अध्यक्ष शिब श्रिस मगरले बताए ।
राहत रकम प्राप्त गर्ने हरुमा अर्जेवाका फर्स बिक ,नारायण कामि,धन कला बिक,प्रकाश् बिक,तुल बहादुर बिक,आश मायाबिक,सान्ती सुनार,धन बहादुर बिक,कुमारी बिक,माया देबि बिक रहेका छन ।
कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर थापाले प्रमुख अतिथीको आसन बाट बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष शिब श्रिस मगरको अध्यक्षता सस्थाका उपाध्यक्ष ग्लोरियज सौगात नेप्सन को स्वागत मन्तब्य तथा संस्थाका सहसचिब राजेश श्रीस मगरको संचालनमा सम्पन्न भएको थियो ।







