दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउपालिकाको उच्च स्तरिय कोरोना भाईरस रोकथाम ,नियन्त्रण तथा जोखिम न्युनिकरण समन्वय समितीको बैठक सम्पन्न ः बिभिद निर्णय

दिपेन्द्र परियार बरेङ।४ भदौ०७७।भारत तथा तेस्रो मुलुकबाट बरेङ गााउपालिका भित्रने स्थाई बसोबास भएका नागरिकलाई घरमै एकान्त बास राख्दा बिभिन्न समस्या हुन सक्ने भन्दै त्यस्ता ब्यक्तिहरुलाई प्राथमिकताको आधारमा सामुदायिक भबन ,खालिघर,स्थानिय बिद्यालयको प्रसाषनिक भबन बाहेकको बिद्यालयका भबनमा ब्यबस्थापन गरिने भएको छ ।

बरेङ गाउपालिकाको उच्च स्तरिय कोरोना भाईरस रोकथाम ,नियन्त्रणतथा जोखिम न्युनिकरण समन्वय समितीको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै क्वारेन्टीन स्थापना भएका बिद्यालयका प्रमुख स्वम सेबकलाई संचार खर्च समेत उपलब्ध गराउने भारत वा तेस्रो मुलुक बाट आउने ब्यक्तिले स्थाई ठेगाना भएको बिद्यालयमा सम्पर्क गर्नु पर्ने निर्णय गरिएको छ । 

बरेङ गाउपालिकाको उच्च स्तरिय कोरोना भाईरस रोकथाम ,नियन्त्रणतथा जोखिम न्युनिकरण समन्वय समितीको बिहिबार बसेको बैठकले अत्याबस्यक सेवा बाहेक सम्पुर्ण यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । बरेङ गाँउपालिका भित्र सञ्चालन हुने दुई चार र छ पाङग्रे सबारी साधनले तिन दिन भित्र आ आफ्नो वडामा सबारी दर्ता गर्नुपर्ने भन्दै दर्ता बिनाका सवारी साधन अबदेखि सञ्चालन गर्न नपाउने भएका छन ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनको लागी माक्सको उचित प्रयोगलाई अनिबार्य गर्ने , भिड नियन्त्रण तथा अटेर गर्ने नागरिकलाई कानुन बमोजिम कार्बाहि गरिने भएको छ । जानकारीको लागी पालिकाको प्रतेक वडा र टोलटोलमा माईकिङ र प्रचार प्रसार गर्ने निर्णय गरिएको छ ।

चाडपर्ब नजिकिदै गर्दा बैंक तथा बित्तिय सस्था हरुमा नागरिकहरुको भिडलाग्ने र कोभिड १९ संक्रमणको जोखिम उच्च हुने भएकाले भदौ ७ गते सम्म बैंक तथा बित्तिय सस्थाबाट गरिने सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय भएको छ ।बिद्युतिय कारोबार भने संचालन गर्ने निर्णय गरिएको छ ।

हाल सञ्चालन भैरहेको बिद्यालयको टोल शिक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गर्दै बजार ब्यबस्थापन र कालो बजारी नियन्त्रणको लागी बजार अनुगमनलाई प्रभाबकारी ,ब्यबस्थित र नियमीत गर्ने निर्णय गरिएको छ ।

हरितालिका तिजको अबसरमा नाच गान भिड भाड हिडडुल जस्ता क्रियाकलापले कोभिड १९ को जोखिम बढ्ने भएकाले १ घर बाहेक थप घरपरिवार मिली नाचगान गर्ने क्रियाकलापलाई पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ  ।

प्रतेक वडा का वडा सचिब तथा कर्मचारीले प्रतेक दिन ४ बजे सम्म कोभिड १९ सम्बन्धी गतिबिधी गाँउपालिका स्थित कोभिड १९ फोकल पर्सन योजना साखा योजना अधिकृत रामचन्द्र शर्मालाई प्रतिबेदन पेश गर्नुपर्ने  र गाउपालिकाले प्रतेक दिन बेलुकी ५ ३० बजे प्रेस बिज्ञप्ती मार्फत पालिका भित्रका गतिबिधी जानकारी गराउने निर्णय भएको छ ।

अबदेखि बरेङ गाउपालिका भरिनै अत्याबस्यक सेवाका सामाग्री बिक्रीबितरण गर्ने पसलहरु बेलुकी ६ बजे पछि बन्द गर्नुपर्ने निर्णय गर्दै  होटल तथा नास्ता प्याकिङ गरेर बिक्री बितरण गर्नुपर्ने छ भने होटलमा भिडभाड हुन नदिने निर्णय भएको छ ।

कोरोना संक्रमीत ब्यक्ति हरुलाई ओसार पसार गर्नका लागी अघिल्लो आर्थिंक बर्ष सम्झौता गरिएकै भाडादर मा भुक्तानि गर्ने गरि तिनै गाडि सँग भाडा सम्झौता गरि प्रयोगमा ल्याउने निर्णय गरेको छ । 

« जैमिनी अर्जेवाका प्रकोप पिडित १० घर धुरीलाई सुनौलो बाग्लुङको ५६ हजार «

» अनलाईन तिजगित प्रतियोगीता सिजन फोर सम्पन्न,पाल्पाकी थापा बिजेता बाग्लुङकी रसाईली उपबिजेता »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal