अनलाईन तिजगित प्रतियोगीता सिजन फोर सम्पन्न,पाल्पाकी थापा बिजेता बाग्लुङकी रसाईली उपबिजेता
दिपेन्द्र परियार।८भदौ ०७७।सामुदायिक रेडियो बिहानी ८९ मेगाहर्ज बाट तिजको अबसरमा प्रशारण गरिएको बिषेश कार्यक्रम अनलाईन तिजगित प्रतियोगीता सिजन फोर सम्पन्न भएको छ ।
आईतबार सम्पन्न फाईनल कार्यक्रम बाट सिजन फोरमा ९८ जनालाई पछाडी पार्दै पाल्पा की खुमा थापा बिजेता बनेकी छन भने बाग्लुङको जैमिनी नगरपालिका वडा न ७ जैदिकी तेजा रसाईली उपबिजेता भएकी छन ।
कार्यक्रममा बोल्दै रेडियोका संयोजक लेखान्तपुनले कोरोनाका कारण जिल्लाभरी नै मेला महोत्सब तथा बिभिन्न साना ठुला कार्यक्रमहरु स्थगन गर्न निदेशन गरेको समयमा तिजको अबसरमा रेडियाले आयोजना गरेको यस्ता कार्यक्रमहरु अझै प्रभाबकारी बनेको बताउनु भयो ।
बिगतका बर्षहरुमा पनि रेडियो ले आयोजना गर्ने तिज अनलाईन प्रतियोगीताहरुको स्मरण गर्दै पुनले कार्यक्रमले सम्भाबना बोकेका तथा ओझेलमा रहेका थुप्रै प्रतिभालाई उजागर गरेको बताउदै सिजन फोरको बिजेता तथा उपबिजेता लगाएत फाईनल चरण मा पुग्ने सम्पुर्ण प्रतियोगीलाई निरन्तर साङगीतिक यात्राको सफलताको शुभकामना दिए ।
अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष रेडियोले फरक ढङगले कार्यक्रम प्रश्तुत गरेको बताउदै सिजन फोर मा सबैको साथ सहयोग ब्यापक रहेको पर्ति धन्यबाद दिदै आगामी दिनमा पनि रेडियोले सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
रेडियोले स्थापना कालदेखिनै हरितालिका तिजको अबसर पारेर गाँउठाँउका कुना कन्दरामा लुकेर रहेका प्रतिभाको पहिचान गरेर सम्मान गर्दै आईरहेको छ ।
बिजेता तथा उपबिजेता लाई नगद पुरस्कारको साथमा मायाको चिनो र प्रमाण पत्र प्रदान गरीने छ। पुरस्कार प्राप्त गर्नका लागी बिजेता तथा उपबिजेता लाई सामुदायिक रेडियोबिहानीको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
» हातमा गैचि र कोदालो बोक्दैे सुखौराका जनप्रतिनीधी जनताको साथमा »







