बाग्लुङको बरेङ गाँउपालिका शैक्षिक सुधारका कार्य कार्यान्वयनको चरणमा, शिक्षकहरु पनि क्रमस आधुनिक प्रबिधी संग जोडिन थाले
दिपेन्द्र परियार।९भदौ ०७७।बाग्लुङको बरेङ गाँउपालिकाले शैक्षिक क्षेत्रमा ब्यापक सुधारका कार्यक्रमहरु समाबेश गरि कार्यान्वयनको चरणमा रहेको छ ।
चालु आर्थिक बर्षको निती तथा कार्यक्रममा समृद गाउपालिका निर्माणको आधार ,सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार भन्ने नारा सहित
गाउपालिकाले शिक्षा क्षेत्रमा बिभिन्न प्रभाबकारी कार्यक्रमहरु सञ्चालन गर्न सफल भएको छ ।कोरोना माहामारीका बिच पालिकाले बिद्यार्थिको शैक्षिक कृयाकलाप लाई निरन्तरता दिन टोल शिक्षा कार्यक्रम , उनिहरुको प्रतिभा पहिचान र बिद्यार्थिलाई स्वअध्यनमा केन्द्रित गराउन रेडियो हाजीरी जबाफ जस्ता लोकप्रिय कार्यक्रमहरु सञ्चालन गरेर नागरिकको मन जीत्न सफल भएको छ ।
पछिल्लो क्रममा गाउपालिकाका बिद्यालयमा अध्यापन गराउने शिक्षकहरु पनि क्रमस आधुनिक प्रबिधी संग जोडिन थालेका छन ।
कोरोना माहामारीको ब्यापक संक्रमण फैलीरहेको समयमा गरिएको लकडाउनमा पनि पालिकाको वडा न २ स्थित एकमात्र आधुनिक कृषी प्राबिधिक धार सञ्चालित पुरुषोद्धय माध्यमीक बिद्यालयका ९ जना शिक्षकहरुले दैनिक ३ घण्टा कम्प्युटर कक्षा लिईरहेका छन ।
बिद्यालयमा प्रशस्त आधुनिक सुचना प्रबिधियुक्त सामाग्री उपलब्ध भएपनि प¥याप्त दक्ष जनशक्तिको अभाबमा सहि सदुपयोग गर्न कठिनाई भएको भन्दै आधुनिक प्रबिधी मार्फत गुणस्तरिय शिक्षा प्रदान गर्नका लागी बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै शिक्षकको क्षमता अभिबृद्धि गर्ने उद्धेस्यले तालिमको ब्यबस्था गरिएको बिद्यालयका प्रधानध्यापक मन बहादुर श्रिसले बताए । श्रीसका अनुसार तालिम प्राप्त गरेपछि अहिले शिक्षकहरुले आबस्यक शैक्षिक सामाग्री समेत आफै तयार पारेका छन ।
पुरुषोदय माबि पालिकाको एकमात्र प्राबिधिक धार सञ्चालित बिद्यालय हो गत बर्ष देखि बिद्यालयको कक्षा ९ देखि प्राबिधिकधार अन्तर्गत कृषी बिषयमा बिद्यार्थि भर्ना गर्न सुरु गरेको थियो अहिले पनि कक्षा ९ र १० मा गरेर ४२ जना बिद्यार्थि अध्यनरत रहेका छन । बिद्यालयमा कृषी प्राबिधिक धार तर्फ १ जना शिक्षक र १जना सहायक प्रशिक्षक ले अध्यापन गराउदै आएका छन । कृषी प्राबिधिक धारमा प्रोजेक्टर मार्फत पढाई भएपनि अन्य कक्षा हरुमा प्रोजेक्टर माध्यम बाट कक्षा सञ्चालनमा समस्या भएको प्रधानध्यापक श्रीसले बताए ।
अहिले बिद्यालयमा ३ प्रोजेक्टर ,३ ल्याप्टप ,२० थान डेस्कटप कम्प्युटर ,५÷५ थान फोटोकपी तथा प्रिन्टर मेसिन रहेका छन ।
« हातमा गैचि र कोदालो बोक्दैे सुखौराका जनप्रतिनीधी जनताको साथमा «







