दर्ता. न‌: २४५/०६५/०६६

दुखी गरिबका लोकप्रिय गायक लिला परियार

दिपेन्द्र परियार ।११ भदौ ०७७।जनबादि गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका लिला परियारले नयाँ गित बजारमा सार्वजनिक गरेका छन । 

माया पिरतीका गितसंगितले छ्याप्छ्याप्ती बजार ओगटिरहेको अहिलेको साँगितीक आकाशमा उडान भर्दै युवा सर्जक तथा गायक लिला परियारले “कति डुल्छौ संसारै भरि” नामक नयाँ कोशेली बजारमा ल्याएका छन् ।बागलुङ जिल्लाको बरेङ गाँउपालिका वडा न २ हुग्दिसिरमा जन्मीएर रोजगारीको  शिलशीलामा जापान रहेका परियारले हाल सम्म करिब २ दर्जन जनबादि गित हरु स्रोता र दर्शकको माझमा पस्कीसकेका छन । 

सानै देखि जनबादी गित संगित तर्फ रुचि राख्ने परियारले औपचारिक रुपमा २०७१ सालमा पसिना हाम्रो नामक गितमा आबाज दिएर जनबादि गित संगितको माहासागरमा पाईला चालेका हुन ।न्युन मध्यम बर्गिय परिवारमा जन्मिएका परियार घर परिवारको जिम्मेबारी र वाध्यताले युवा अबस्थामै भारत लगाएतका देशमा रोजगारीको सिलसिलामा रहेकामा हाल जापानमा रहेका छन ।  गित संगितको माहोलमा निकै छोटो समयमा लाखौलाख दुखि गरिब जनताको प्रिय गाएक बन्न सफल परियारले छोटो अबधिमै दर्शक श्रोताको यतिधेरै माया पाइएला भनेर अपेक्षा समेत गरेका थिएनन् ।

प्रदेशको भुमिमा आँफु र आँफु जस्ता लाखौ नेपालीले भोग्नु परेको पिडा समेटेर उनले गत साउन महिनामा ऋणको भारी नामक जनबादि गित  बजारमा ल्याए । त्यस पछि स्रोता र दर्शकको मायाले १ महिना नबित्दै अहिले “कति डुल्छौ संसारै भरि” बोलको गित बजारमा लिएर आएका हुन यस गितमा  उनले आफ्नो हजारौ सपनाहरु बोकेर प्रदेसिने युवाहरुलाई हिमाली चरिको संज्ञा दिदै छिट्टै आफ्नो देश र घरपरिवार सम्झेर फर्किन आग्रह गरेका छन ।

चर्चित बाग्लुङे नौमति बाजाको संगितमा सजिएको गितमा स्वर, सब्द र लय स्वंम परियार आफैले भरेका छन । त्यतिमात्रै होईन गितमा परियार लाई अन्य कलाकारले पनि साथ दिएका छन । पछिल्लो समयमा कैयौं जनबादि गितमा कुसल संगित संयोजन गरिसकेका नारायण दंगालले यो गितमा संगित संयोजन गरेर गितलाई साच्चीकै सुमधुर बनाएका छन । गितलाई मुर्चुङगा म्युजिक कम्पनीले बजार ब्यबस्थापन गरेको छ ।

हाल रोजगारीको सिलसिलामा जापानमा मा कार्यरत  उनी जहाँ रहे पनि गीतसंगीत क्षेत्रमै रमाएका छन । उनी भन्छन् ‘न त संगीतलाई बिर्सन सक्छु , न त संगीत देखी भागेर बस्न सक्छु । मेरा लागि जनबादि गीतसंगीत नै जीवन बनेको छ’ । 

« बरेङ गाउपालिकाका २८ जनाको मंगलबार स्वाब संकलन «

» कोरोना पोजेटिभ राखिएको आइसुलेसनमा किन प्रवेशगरे ६३ वर्षीय पुरुष »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal