दर्ता. न‌: २४५/०६५/०६६

कोरोना पोजेटिभ राखिएको आइसुलेसनमा किन प्रवेशगरे ६३ वर्षीय पुरुष

बरेङ । २०७७ भाद्र १ १। बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर साविकको वडा नम्बर ५ स्थित  सामुदायिक भवनको आइसुलेसनमा बुधबार  स्थानीय ६३ वर्षीय पुरुष प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको छ ।

भारतको हैद्रवादबाट आएका र गत साउन २९ गते स्वाव लिदा एकाघरका ४ जना  श्रीमान श्रीमती र दुई छोरा  मध्य  रिपोर्टमा श्रीमती र ६ वर्षीय छोरालाई कोरोना पोजेटिभ  देखिएको तर उनिहरु छुट्टिएर बाहिर जान नचाएकोले   सोही सामुदायिक भवनमा नै आइसुलेसन खडा गरिएको थियो । त्यही आइसुलेसन गराइएको स्थानमा ती  स्थानीय प्रवेश गरेको र स्थानीयहरुले किन के का लागि प्रवेश गरेको भनेर प्रश्न गर्दा उनले नखुलाइएकोले उनलाई क्वारेन्टाइनमा राखिएको कोरोना सचेतना तथा टोल निगरानी समितिका संयोजक धनिश्वर पौडेलले बताए  ।

स्थानीय युवा,बुद्धिजीवी मिलेर ती वृद्द्लाई उनकै घरको छुट्टै कोठामा क्वारेन्टाइन निर्माण गरि राखिएको र कोरोना पोजेटिभ देखिएकाको पुनः अर्को रिपोर्ट नआउन्जेल बाहिर ननिस्कन सुझाव दिइएको समितिमा संयोजक पौडेलले जानकारी दिए 

« दुखी गरिबका लोकप्रिय गायक लिला परियार «

» बरेङमा पुन ः १ जनामा कोरोना संक्रमण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal