बरेङमा कोरियन भाषा परिक्षा तयारि कक्षा सञ्चालन ।
२६ श्रावण २०७५, बरेङ । बागलुङको बरेङ गाउँपालिका स्थित बरेङ बजारमा कोरियन भाषा परिक्षा तयारी कक्षा सञ्चालन भएको छ । रोजगार अनुमति प्रणाली ( ईपिएस ) को आगामी बर्ष लिईने परिक्षाको तयारि स्वरुप रेशनल ईन्सिच्युट काठमाण्डौले बरेङमा शाखा बिस्तार गरेपछि कक्षा सञ्चालन भएको हो ।
दक्षिण कोरियाले बिशेष गरि उद्योग र कृषि कामका लागि नेपाली कामदारहरुलाई कोरिया लाने गरेको छ । इपियस शाखाको तथ्यांक अनुसार हालसम्म ५२ हजार ६ सय ३७ पुरुष तथा महिला कामदार दक्षिण कोरिया पुगेका छन् ।
नेपाल सरकारले दक्षिण कोरिया र ईजरायलमा इपियस मार्फत नेपाली कामदार पठाउने सम्झौता गरेकोमा दक्षिण कोरियामा मात्र सफल भएको थियो । कोरियाले १६ वटा देशबाट बार्षिक रुपमा ५० हजार कामदार लिएर जाने गरेको छ । जसमा नेपाल बाट मात्रै लगभग ८ हजार कामदार लिएर जाने गरेको तथ्यांकले देखाएको छ ।
आर्कषक पारिश्रमिक भएका कारण नेपाली युवा युवतीहरुमाझ दक्षिण कोरिया रोजगारीको आर्कषक गन्तव्य भएको छ ।
« आउँदो भिकुम पुर्णिमामा सत्यववती महोत्सव गरिने । «
» लागु पदार्थ दुव्र्यसनी विरुद्ध अखिल छैठौंको प्रशिक्षण बरेङमा । »