गुल्मीको चन्द्रकोटमा समुदायस्तरमा कोरोना फैलीयो ःभोली देखि पालिका सिल हुने
दिपेन्द्र परियार १५,भदौ ०७७।गुल्मीको चन्द्रकोट गाँउपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि गाँउपालिका सिल गर्ने तयारी गरिएको छ ।
चन्द्रकोट गाउपालिकाको बिभिन्न वडाका समुदाय स्तरमा गरिएको स्वाब नमुना परिक्षणमा जनप्रतिनिधी ,बैङकका कर्मचारी,साथै ब्यबसायी ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै गाँउपालिका सिल गर्नका लागी अहिले छलफल भैरहेको चन्द्रकोट गाँउपालिकाका स्वास्थ्य साखा प्रमुख प्रकासचन्द्र शर्माले बताए ।
संक्रमण पुष्टि हुनेहरुमा गाँउपालिकाको वडा न ४ शान्तिपुरका बर्ष ६१का पुरुष,बर्ष २७ की महिला रहेका छन ।त्यस्तै वडा न ६ हरेवाका बर्ष ३५ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।वडा न ७ रुपाकोटमा बर्ष ५१का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
र वडा न ८ तुराङका बर्ष ६१का पुरुष,बर्ष २७ र बर्ष २२ कि महिला मा कोरोना संक्रमण पुष्टि भएको हो उनिहरु सबै जन प्रतिनिधी,ब्यापार ब्यबसायी तथा बिभिन्न सस्थामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य साखा प्रमुख शर्माले रेडियो बिहानी लाई बताए । संक्रमीत कसैलाईपनि कुनै प्रकारको लक्षण देखिएको छैन अहिले उनिहरुको अबस्था सामान्य रहेको भन्दै संक्रमीतलाई होम आईसोलेसनमा राखिने शर्माले जानकारी दिए ।
« बरेङमा पुन ः १ जनामा कोरोना संक्रमण «
» शिक्षा क्षेत्रमा बरेङको अनेक प्रयास ःतहगत निबन्ध लेखन प्रतियोगीता गर्ने »







