शिक्षा क्षेत्रमा बरेङको अनेक प्रयास ःतहगत निबन्ध लेखन प्रतियोगीता गर्ने
दिपेन्द्र परियार।बरेङ।१५भदौ०७७। बरेङ गाँउपालिकाले यसपालिको अन्तराष्ट्रिय शाक्षरता दिबस निबन्ध लेखन प्रतियोगिता गरेर मनाउने भएको छ ।
पालिकाले यहि भदौ २३ गते परेको अन्तराष्ट्रिय शाक्षरता दिबस पालिका भित्रका सबै संस्थागत तथा सामुदायिक बिद्यालयमा अध्यनरत बिद्यार्थिका लागी निबन्ध लेखन प्रतियोगीता आयोजना गरेर मनाउने भएको हो ।
त्यसका लागी पालिकाले आज एक सुचना जारि गरेर आधारभुत तह कक्षा १ देखि ५ सम्मका लागी “हाम्रो बरेङ गाँउपालिका” शिर्षकमा न्युनतम ५ सय सब्द आधारभुत तह कक्षा ६ देखि ८ सम्मका लागी “कोरोना भाईरस रोगबाट सिर्जित बन्दा बन्दी बिचमा बरेङ गाँउपालिकाले शैक्षिक क्षेत्रमा खेलेको भुमिका” शिर्सकमा न्युनतम ८ सय सब्द तथा माध्यमिक तह कक्षा ९ देखि १२ सम्म अध्यन गर्ने बिद्यार्थिका लागी “बरेङ गाँउपालिकाको शैक्षिक निती बजेट तथा कार्यक्रम कार्यान्वयनमा बिद्यालयको भुमिका” शिर्षकमा कम्तीमा १हजार शब्दमा निबन्ध लेखेर यहि भदौ २० गते भित्र गाँउपालिकाको शिक्षा तथा खेलकुद शाखामा पठाउन अनुरोध गरेको छ ।
प्रतियोगितामा तहगत रुपमा प्रथम द्धितिय र तृतिय हुने बिद्यार्थिलाई प्रमाण पत्रको साथमा उचित पुरस्कारको ब्यबस्था गरिने सुचनामा उल्लेख गरिएको छ ।
« गुल्मीको चन्द्रकोटमा समुदायस्तरमा कोरोना फैलीयो ःभोली देखि पालिका सिल हुने «







