दर्ता. न‌: २४५/०६५/०६६

समुदाय स्तरमा कोरोना देखिएपछि गुल्मीको चन्द्रकोट गाँउपालिका अनिश्चितकालका लागी सिल ः संक्रमितमा लक्षण नदेखिएको भन्दै होम आईसोलेसनमा राखिने

दिपेन्द्र परियार बरेङ।१६ भदौ।०७७।गुल्मीको चन्द्रकोट गाँउपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि गाँउपालिका अनिश्चित कालकालागी शिल गरिएको छ ।

चन्द्रकोट गाउपालिकाको बिभिन्न वडाका समुदाय स्तरमा गरिएको परिक्षणमा वडाका जनप्रतिनिधी ,बैङकका कर्मचारी,साथै ब्यबसायी गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै चन्द्रकोट गाँउपालिकाको एल सिसि एम सि समितीको सोमबार बसेको बैठकले अनिश्चितकालका लागी गाँउपालिका सिल गर्ने निर्णय गरेको चन्द्रकोट गाँउपालिकाका स्वास्थ्य साखा प्रमुख प्रकासचन्द्र शर्माले बताए  ।

संक्रमण पुष्टि हुनेहरुमा गाँउपालिकाको वडा न ४ शान्तिपुरका बर्ष ६१का पुरुष,बर्ष २७ की महिला रहेका छन  ।त्यस्तै वडा न ६ हरेवाका बर्ष ३५का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।वडा न ७ रुपाकोटमा बर्ष ५१का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

र वडा न ८ तुराङका बर्ष ६१का पुरुष,बर्ष २७ र बर्ष २२ कि महिला मा कोरोना संक्रमण पुष्टि भएको हो उनिहरु सबै  जन प्रतिनिधी,ब्यापार ब्यबसायी तथा बिभिन्न सस्थामा कार्यरत कर्मचारी रहेको स्वास्थ्य साखा प्रमुख शर्माले रेडियो बिहानी लाई बताए  । संक्रमीत कसैलाईपनि कुनै प्रकारको लक्षण देखिएको छैन अहिले उनिहरुको अबस्था सामान्य रहेको भन्दै संक्रमीतलाई अहिले होम आईसोलेसनमा राखिने शर्माले जानकारी दिए । शर्माका अनुसार तत्कालका लागी संक्रमितका घर परिवारका सदस्यहरुको स्वाब नमुना लिने तयारी भएको छ ।

« शिक्षा क्षेत्रमा बरेङको अनेक प्रयास ःतहगत निबन्ध लेखन प्रतियोगीता गर्ने «

» बरेङ गाउँपालिकामा निषेधाज्ञा अनिश्चितः के–के भए निर्णय हेर्नुहोस् । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal