बरेङ गाउँपालिकामा निषेधाज्ञा अनिश्चितः के–के भए निर्णय हेर्नुहोस् ।
बरेङ । २०७७ भाद्र १८ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ । नेपालमा अहिले समुदायस्तरमा कोरोना भाइरस फैलिइरेको छ । धेरैले कोरोना भाइरस हाउगुजी मात्र हो समेत भन्न भ्याएका छन् तर कोरोना संक्रमित र डाक्टरहरुले भने सचेत हुन आग्रह गरेका छन् ।
सचेतताका लागि आग्रह गर्दा गर्दै नटेढ्ने प्रवृत्ति नेपाली समुदायमा देखिएको छ त्यसैले बरेङ गाउँपालिकाले पनि सचेतता, सजगता अपनाउनका लागि जनसमुदायलाई आग्रह गर्दै बरेङ गाउँपालिकाका अध्यक्ष श्री कृष्णप्रसाद शर्मा ज्यूको अध्यक्षतामा अाज बसेकाे “स्थानीय तह समन्वय समिति” को बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ः
निर्णय नं.१.वडा तथा टोल स्तरीय समन्वय समितिहरुलाई थप सक्रिय बनाउने तथा बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरको श्री जनाता प्राथमिक विद्यालय र बरेङ गाउँपालिकाको वडा नम्बर २ हुग्दिशिरको सर्वोदय माध्यमिक विद्यालय लगायत आवश्यकता अनुसार थप आइसोलेसन स्थापना गर्ने र उक्त विद्यालयका सामुदायिक भवनको सेवा क्षेत्र परेको अवस्थामा सम्बन्धित वडाले निर्णय गरेको स्थानमा क्वारेन्टिन स्थापना गर्ने,
निर्णय नं.२. छिमेकी स्थानीय तह चन्द्रकोट गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण पाइएकाले यस गाउँपालिकाको वडा नं. ३,४ र ५ लाई लक्षित गरी पि.सि.आर. परिक्षणको लागि स्वाव संकलन गर्ने,
निर्णय नंं.३. एक पटक क्वारेन्टिन बसेर पि.सि.आर. नेगेटिभ भई घर फर्केका र फेरि अर्को पटक बाहिर गई पुनः क्वारेन्टिन बस्नुपर्ने भएमा निज व्यक्तिको खाना खर्च आफँै व्यहोर्नुपर्ने,
निर्णय नं.४. यातयात सेवा प्रवाहमा अत्यावश्यक सवारी बाहेक अन्य अवस्थामा सवारी सञ्चालन गर्ने सवारी चालकको अनिवार्य पि.सि.आर. परिक्षण गरिएको हुनुपर्ने र एकपटकको लागि गाउँपालिकाले निःशुल्क स्वाव संकलन गरी परिक्षणको लागि पठाउने,
निर्णय नं.५.सरकारी कार्यालय, बंैक, तथा वित्तीय संस्थाहरुले अर्को निर्णय नभए सम्मको लागि आकस्मिक बाहेकको सेवा प्रवाह बन्द गर्ने,
निर्णय नं.६.सुरक्षा गस्ती थप प्रभावकारी बनाउने र अटेर गर्ने व्यक्ति, समुदाय तथा संस्थाहरुलाई आवश्यक कारबाही गर्ने,
निर्णय नं.७. गाउँपालिकामा लुकीछिपि तथा सानो संख्यामा सञ्चालन भएका सम्पूर्ण खेलहरु बन्द गर्ने÷गराउने,
निर्णय नं.८. खाद्य बैंकलाई थप व्यवस्थित गराउने,
निर्णय नं.९. कोरोना संक्रमितको मृत्यु भएमा सम्बन्धित वडाको निर्णय अनुसार शव व्यवस्थापन गर्ने÷गराउने,
निर्णय नं.१०. यस अगाडि भारत तथा अन्य मूलुकबाट आउने व्यक्तिहरुलाई सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थान रहेको सामुदायिक भवन तथा विद्यालयहरुमा क्वारेन्टिन स्थापना गरी राख्ने निर्णय भएकोमा उक्त निर्णय आजकै मिति देखि बदर गर्ने र अब उप्रान्त बरेङ गाउँपालिकाभित्र स्थायी ठेगाना भएको कुनै पनि व्यक्ति भारत, तेस्रो मूलुक तथा संक्रमण प्रभावित क्षेत्रबाट आएमा गाउँपालिका वा सम्बन्धित वडाले निर्णय गरेको स्थानमा राख्ने र यस निर्णय विपरित अवरोध गर्ने व्यक्तिहरुलाई कानून बमोजिम कारवाही गर्ने÷गराउने निर्णय गरियो । यो निर्णयले टोल स्तरीय समिति र शिक्षक तथा प्रध्यानाध्यापकहरुको नेतृत्वमा गठित समिति भङ्ग तथा बदर भएको नमानिने र थपा क्रियाशिल हुने गरी कामकाज गराउने ।







