कथा ः अाज झाेलामा दुई बाेतल पनि छ ।
शिव चालिसे । २०७७ भाद्र १८ । ए अाकाश, ए अाकाश.... सानो हुँदै ठुलाे बनेकाे अावज एका बिहानै ढाेकाकाे ढ्कढ्क सँगै अाकाशका मस्त निदाएका कानमा पर्याे । उसले सिरक भित्रबाटै हम् काे अावाजमा अावाज फर्कायाे । उठ कति सुतेको अाज अर्को गाउँ जाने भनेको हैन । फेरि लल काे अावज भित्रबाटै अायाे । पुरानो तुना दुई ठाउँमा छिनेर बाधेकाे जुत्ता ,घरकाे भित्तामा अाढेस लागेर बसेकाले हाेला कालाे ज्याकेटमा सेताे कमेरो धसिएकाे थियाे । मैलो कमिज कलर हल्का फाटेकाे पाइन्टकाे पछि तिरकाे खल्तीकाे एक छेउमा थाेरै उद्रेकाे कपडामा केहिबेर कम्मल बाहिरै कुरेपछि अाकाश बाहिर निस्कियाे ।
मत बेलुका अलिवेर तल वीरबहादुर दाईकाे घर गएकाे बुढाले खुसि हुदै एउटा भाले काटे अनि थाेरै थाेरै सट्कायाैँ त्यसैले अबेरसम्म सुतिएछ । तलाई साेध्दै थिए तेराे भाग पनि छ रे जाने रे । भन्दै अाकासले दन्त मन्जन गर्नका लागि सेताे बुरुस समातेर थाेरै सेतै काेलकेट राखेर धारातिर लाग्यो । कमलकाे मानसपटलमा हिजो माथिल्लो गाउको घटना अटसपटस गरेर अाउन थाल्यो । कुमे झाेलामा तीन बाेतल पानी बाेकेर अाफ्नाे गाँउबाट एक घण्टा उकालाे चढेर फेरि तीस मिनेट जति तेस्रो लागेपछि एउटा करिब तीस पैतिस घर भएकाे दलित गाउँ अाउछ । कमल र अाकाश हिजाे वैशाख १३ गते अाईबार एक घण्टा तीस मिनेटको बाटाेमा दुई ठाउँ बसेर त्यो गाउँ पुगेका थिए । दुई ठाउँ बस्दा १ बोतल पानी तुरेका थिए । बाकी दुई साहेद फर्कदाका लागि हाेला झाेलामै राखेका थिए ।
उनिहरु त्यस गाँउका अलि बाेलि भाषा मीठो भएका कक्षा १२ सम्म पढेका सचेत र चेतनशील युवाहरु थिए । पूरा नाम चाहिँ अाकाश पाैडेल र कमल भट्टराई । उनिहरुकाे गाउँ एक मध्यम वर्गीय बाहुन क्षेत्री बस्ने गाउँ हाे । केही कठिनाइ गाउमा हाेईहाल्छन तर पनि राम्रोसँग हुर्केर बढेका अनि पढेका केटाहरु हुन । उनीहरुले समाजशास्त्र पढेका छन । धेर थाेर समाजकाे सेवा गराैँ भनेका उनिहरुलाई गाउँका नेता वीरबहादुर ले उनिहरुलाई राजनिती जस्तो समाज सेवा अरु हुदैन भनेर बुद्धि भुटेकाले अाजभाेलि उसकै लागि काम गर्छन ।
सामाजिक पढेपनि समाज बुझेका चाहिँ हैनन् । कुन समाजमा कस्तो जाल थापे पछि समाज पन्जामा पार्न सकिन्छ भन्न जासुसी ज्ञान चाहिँ वीरबहादुर खत्री दाईले सिकाएका छन् । उनीहरु माथि उक्लिदा सबैभन्दा सुरुमा बसेको चौपारी हाे दोबिल्ला । जहाँबाट सुन्दर धौलागिरी हिमश्रृङ्खला देखिन्थ्यो । कमल ले भन्यो त्यो रामेलाई फाेन गर्न आकाश । आकाशले कमलको कुरा मान्यो । रामे दाइ नमस्कार नमस्कार हजुर हजुरले फाेन गर्नुहुन्छ भन्ने मलाई लागेको थियो । कहाँ आइपुग्नु भयो मैले सबै गाउँलेलाई गाउँको पँधेरा चौपारीमा बोलाएको छु ।
करिब सबै आइसकेका छन् ।एकै झट्कामा रामेले सबैकुरा सक्कायाे त्यसपछि उनीहरु फेरि उकालो लागे । रामेलाई वीरबहादुर दाईले कति पैसा दिएछन् । कमलले फेरि सोध्याे । पैसा होइन एउटा पाडाे दिने बाचा गरेका छन् रे । साेहि वाचाबाट आज दलितका ठाउँमा एउटा टाेल सभा हुँदैछ। त्यहाँ कम्युनिस्ट पार्टीको एउटा टाेल समिति बन्दैछ । त्यसको नेतृत्व गर्नेवाला छ रामे परियार । देउरालीमा 10 मिनेट जति थकाइ मारेपछि कमल र आकाश तेस्रो लागे आधा घण्टाजति हिडेर गाउँकै पँधेरामा चौपारीमा पुगे । नयाँ युवकहरूको लगाई सरसफाईको हिसाबले त्यस गाउँका मान्छे भन्दा फरक केही पनि थिएन ।
त्यसैले गाउलेहरुलाई सुरुमै प्रभाव पर्यो । उनिहरुलाई लाग्याे तिनीहरू पनि हामीजस्तै रहेछन् । एउटा अरुभन्दा सुकिलो गुन्द्रीमा कमल र आकाश ले आसन ग्रहण गरे । त्यस सभामा करिब 25 जना जति पुरुष र करिब 10 जनाजति महिला जस्तो देखिन्थे। साना भुराहरू त त्यहाँ आकलन गर्न सकिएन । कमलले आफ्नो झोलाबाट एक पोका चकलेट निकालेर सबै भुराहरुलाई आफै बाँड्यो सबै खुशी भए उनीहरुका बाबा आमा दङ्ग आकाश ले आफ्नो कुरा सुरु गर्यो ।
उपस्थित दाजुभाई तथा दिदीबहिनीहरु, हामी हाम्रो समाजमा रहेको भेदभाव मान्दैन । हामीले यो समाजले पहिले देखिनै बनाउँदै आएको बनिबनाउ नियम र कानुन मान्दैन । हामी सबै समान हो । हामीले छुवाछुत मान्दैन। तपाईहरुलाई लागे होला यो उपल्लो विष्ट जातको मान्छे हो । दाजुभाइ तर म विष्ट भन्दा पहिले कम्युनिष्ट हो । हाम्रो पार्टीले यी सबै कुरा मान्दैन। हिजोदेखि तपाईहरुलाई यस समाजले थिचोमिचो गर्यो । अब हामी गर्न दिन्न । तपाईहरुले आजसम्म रुख पार्टीलाई भोट दिनु भयो । कतिले त गाई पार्टीलाई पनि भोट दिनु भयो ,होला उनीहरुले तपाईँलाई के दिए केवल एउटा अक्षुतकाे विल्ला बाहेक । त्यसैले मैले के भन्दछु भने तपाईंहरूको पार्टी भनेको कम्युनिष्ट पार्टी हो।
तपाईंहरुलाई हुने भेदभाव अन्त्य गर्ने पार्टी । हामी अब सबै यसै पार्टीमा गोलबद्ध हुनुपर्छ । अन्तिम बाक्यलाई अाकाशले अलि ठुलाे स्वरले दाेस्राे पटक दाेह्राेरायाे ।दाजुभाई तथा दिदीबहिनीहरु म तपाईहरुलाई तपाईहरु कसरी दलित हुनु भयो भन्ने कुराेकाे विगत बताउन चाहन्छु । नेपालको इतिहासमा लिच्छविकालमा जात भन्ने थिएन। मल्लकालीन राजा जयस्थिति मल्लले 4 जात 36 बर्ण को राज्य भन्ने उखान विकास गरे । ठूलो र सानो जात निर्धारण गरे । त्यो पनि कामका आधारमा । पछि पृथ्वी नारायण शाहहरुले र उनका छोरा र बुवाहरुले त्यसलाई झन् मजबुत बनाई दिए ।
राणा कालका प्रधानमन्त्री जङ्गबहादुर राणाले जातीय विभेदलाई कानुनी मान्यता दिए । राणाहरूको अन्त्यसँगै 2007 सालमा स्थापना भएको प्रजातन्त्रले कानूनीरुपमा जातीय विभेदलाई अमान्य बतायाे । तर पनि हामी हाम्रो समाजले त्यसलाई स्विकारेन । 2006 सालमा हाम्रो पार्टी स्थापना भएपछि हामीले निरन्तर विरोध गरिरहेका छौं । कतिपय अवस्थामा विद्यार्थी आन्दोलन चलायो । कतिपय अवस्थामा पार्टीका आन्दोलनहरु चले । दशवर्षे जनयुद्ध चल्यो यो सब हामीले तपाईँको लागि केवल तपाईहरुका लागि मात्र गरेको हो । आज हाम्रो पार्टीमा धेरै दलित साथीहरु हुनुहुन्छ । उहाँहरू नेता बन्नुभएकाे छ। हामिले जात जात बिच बिभेद र फरकपन देखाउने समाजका वृद्ध लड्नु पर्छ ।
अनिमात्र अधिकार प्राप्त गर्न सकिन्छ । त्यो लडाई अब तपाईंका लागि हामी लड्दै छौँ । तपाईहरुको लड्न पर्दैन। हामी लड्छौं तपाईंहरुले मात्र हाम्रो पार्टीमा आइदिनु पराे । चुनावमा हामीलाई भोट हाल्नु होस् तपाईंको दुख हाम्रो दुख हो हामी लड्छौं । तपाईंका लागि ........ बोल्दाबोल्दै आवाज राेकिए जस्तो भयो आकासकाे । रामेले पानीको माग गर्यो । अाकाशले रामेलाई रोक्दै भन्याे पर्दैन दाई हामीले बाटोमा तिर्खा लाग्ला भनेर पानी बोकेका थियौं झोलामा छ त्यही खान्छु । कसैले नछुने गरि छेउमा राखेको झाेलाबाट पानीको बोतल निकालेर अाकासतिर फर्केर अाकाशले ५/६ घुट्काे पानी पियाे ।
कमल ले सबैको नाम उतारी सकेको थियो । त्यसपछि आकासले धेरै कुरा बोल्यो धर्म हिन्दू संस्कार आदि आदि । उसले यो पनि भने हाम्रो धर्ममा हिन्दु धर्ममा जातीय विभेद छैन । लैगिक विभेद छैन ।यसको उदारण दुर्गा लक्ष्मीहरु भगवान हुनु यसले धर्ममा लैङ्गिक विभेद छैन भन्ने कुरा देखाउँछ । विश्वकर्मा बाबा भगवान हुनु यसले धर्ममा जातीय विभेद छैन भन्ने बताउँछ । तर यश समाजमा मैहु भनेहरुले विभेद गरे हजुरहरुलाई पानी नचल्ने बनाए त्यसैले अब हामी एकजुट हुनुपर्छ । सबै गाउँलेलाई आकाशको कुरा हो जस्तो लाग्यो । तर अाकाशले अाफै पानी बाेकेर अाएकाे ।
अाफै खाएकाे । कसैले नछुने ठाउँमा राखेकाे । कसैलाई पत्तै भएन । कमलले पनि आफ्ना लामा कुरा गर्यो । गाउँको तर्फबाट रामे परियार बाेल्याे ।रामेले ठूलो ढाडस दिँदै गाउँलेहरुलाई अब हामी एकजुट हुनुपर्छ भनेर आफ्ना कुरा राखिसकेपछि दलित बस्तीमा कम्युनिष्ट पार्टी गठन भयो । त्यस पार्टीको अध्यक्ष रामे भयाे। समितिको मात्रै छुट्टै बैठक पनि भयो। एकछिन पछि सबै घर गए कमलले आफ्नो झोलाबाट बिस्कुट निकाल्यो समितिका सबैले खाए पानी कमल र आकाश दुवैले आफ्नो खाए । रामेले भन्याे खाना खाएर जानु भएको भए हुन्थ्यो । आकाश ले भन्याे खाम्लानि दाइ अब हामी एउटै भयाैँ ।
म कम्युनिष्ट तपाई अछुत । वर्षौंदेखि पुरै गाउँलेलाई कम्युनिष्ट बनाउने वीरबहादुरको सपना पुरा भयो । त्यसैले वीरबहादुर दाई खुसी छन् । ए कमल एक्कासी आकाश ले बोलायो । कमल झसँग भयो । उनीहरु फेरि पारिपट्टिको एउटा बिकट बिक टाेल प्रस्थान गरे ।अाज फेरि अर्को झुटकाे खेती हुनेछ । आज भने उनीहरूको झोलामा दुई बोतल मात्रै पानी थियोे ।
« बरेङ गाउँपालिकामा निषेधाज्ञा अनिश्चितः के–के भए निर्णय हेर्नुहोस् । «
» बाढीपहिरोका कारण ढोरपाटनमा ठूलो क्षति, उद्धारमा जुट्न आइसोलेसनबाट समन्वय प्रमुखको आग्रह »







