दर्ता. न‌: २४५/०६५/०६६

बाढीपहिरोका कारण ढोरपाटनमा ठूलो क्षति, उद्धारमा जुट्न आइसोलेसनबाट समन्वय प्रमुखको आग्रह

बागलुङ । २०७७ भाद्र १८ । बुधबार रातिको भीषण वर्षा सँगै बाढीपहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७,८ र ९ मा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

हाल सम्म १० जनाको शव फेला परिसकेको र ४० बढी वेपत्ता भएको खबर प्राप्त भएपछि जिल्ला समन्वय प्रमखु राजेन्द्र ढुङगानाले विपद्को अवस्थामा सम्पूर्ण नागरिक, सरोकारवाला निकाय, संघसंस्था, जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, राजनीतिक दल, राष्ट्रसेवक सम्पूर्णलाई उद्धार कार्यमा जुट्नको लागि अनुरोध गर्नुभएको छ । ;साथै उहाले स‌घि‌य र प्रदेश सरकारलाई राहत उद्दारको लागि अपिल गर्नुभएको छ ।

आफूँलाई प्राप्त खबर अनुसार वर्षातको कारण पहिरो गएपछि रातिको समय हुनाले त्यस स्थानका जनताहरुलाई सुरक्षित ठाउँ जान अप्टयारो परेकाले धेरैले ज्यान गुमाउन परेको छ त्यसैले आम नागरिकालाई हतोत्साही नबनाई घटनास्थल पुगेर उद्धार गर्नका लागि अपिल गर्नुभएको छ  । 

ढुङगाना आँफू कोरोना पोजेटिभका कारण आईसोलेसन भएको कारणले भौतिक रुपमा उपस्थित हुन नसकेकोमा दुखः व्यक्त गर्नुभएको छ ।

« कथा ः अाज झाेलामा दुई बाेतल पनि छ । «

» चलचित्र ‘जातको कथा’ सारङगी टि.भि युट्युब च्यानलबाट सार्वजनिक »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal