चलचित्र ‘जातको कथा’ सारङगी टि.भि युट्युब च्यानलबाट सार्वजनिक
पोखरा । २०७७ भाद्र १८ । नेपाली चलचित्र जातको कथा बिहिबारबाट सार्वजनिक भएको छ ।
अन्तरजातीय प्रेम कथामा आधारित लघु चलचित्र ‘जातको कथा’ सारङगी टिमले आजबाट सारङगी टि.भि युट्युब च्यानलबाट सो गरेको छ ।
नेपाली समाजमा विद्यमान जातीय विभेद र त्यसले समाजमा निम्त्याएको घटनालाई न्यूनीकरण गर्न युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने चलचित्रमा प्रस्तुत गरिएको छ । जातिप्रथा उन्मुलनका लागि युवा पुस्ताको भूमिकालाई चलचित्रमा मनोवैज्ञानिक तरिकाले चित्रण गरिएको लेखक तथा निर्देशक प्रकाश अधिकारीले जानकारी दिए । चलचित्रमा नवराज गिरी, विष्णुराज तिमिल्सिना, सोनिया खत्री, शुसान्त रेग्मी, पुरन क्षेत्री, सविता सापकोटा, बिकास पनेरु,जनक पराजुली को अभिनय रहेको छ ।
चलचित्रमा दलित युवकको प्रेम रहेको देखाइएको छ । त्यही कारणले सिर्जित द्धन्द्ध नै चलचित्रको मुख्य विषयवस्तु हो । प्रेमले प्रेमका लागि अन्तिम सास रहुन्जेल लडिरहने कथामा देखाइएको छ ।
सारङ्गी न्युज डटकमद्धारा सञ्चालित अनलाइन टेलिभिजन सारङ्गी टिभि.को प्रस्तुतिमा बनेको टेलिफिल्म ‘जातको कथा’ लेखक तथा पत्रकार प्रकाश अधिकारीले लेखेका हुन् । अधिकारीकै निर्देशन तथा छायाङ्कनमा तयार गरिएको फिल्म ‘जातको कथा’ मा सबै रङ्गकर्मीहरुको अभिनय, कथावाचन, शैली र मेकिङका हिसाबले फरक र ऐतिहासिक बन्ने फिल्म निर्माण टिमले दाबी गरेको छ । सारङगी टिभी युटयुब च्यानलबाट हरेक हप्ता प्रसारण हुने गरी निर्माण गरिएको फिल्म आजबाट प्रसारण भएको टिमले जनाएको छ ।
link –https://www.youtube.com/watch?v=VzW2vOwAIF4
« बाढीपहिरोका कारण ढोरपाटनमा ठूलो क्षति, उद्धारमा जुट्न आइसोलेसनबाट समन्वय प्रमुखको आग्रह «
» बेपत्ता युबती १३ बर्ष पछि परिवारको सम्पर्कमा ः सामाजीक संजाल फेसबुक बरदान साबित »







