दर्ता. न‌: २४५/०६५/०६६

बेपत्ता युबती १३ बर्ष पछि परिवारको सम्पर्कमा ः सामाजीक संजाल फेसबुक बरदान साबित

दिपेन्द्र परियार १८ भदौ।०७७।बेपत्ता भएको १३ बर्ष पछि सामाजीक संजाल फेसबुक मार्फत एक युवती परिवारको सम्पर्कमा आएपछि परिवारमा खुसी छाएको छ  ।

बरेङ गाँउपालिका वडा न ४ सल्यानकी दिपा क्षेत्री हराएको १३ बर्ष पछि परिवारको सम्पर्कमा आएको वडा अध्यक्ष लिल बहादुर खत्रीले बताए ।

बेपत्ता हुनु अघि गाँउमै एक ब्यक्ति सँग प्रेम बिबाहगरेर भारत गएकी उनको पारिवारिक सम्बन्ध सहज नभएपछि क्षेत्री भारतबाटै एकाएक बेपत्ता भएको र अहिले १३ बर्ष पछि फेसबुकमा भिडियो अपलोड गरेपछि पत्रकार रमेस बोहोराले उनको पहिचान गरेर घरपरिवार सँग सम्पर्क गराईदिएको वडा अध्यक्ष खत्रिले रेडियो बिहानीलाई बताए ।

लामो समयसम्म छोरी बेपत्ता हुँदा उनको माईती तथा घर परिवारमा मुद्धामामिला समेत चलेको खत्री बताउनु हुन्छ  ।  खत्रीका अनुसार बेपत्ता दिपाले बाबा आमा लगाएत घर परिवारका सदस्य सँग प्रतक्ष भिडियो कुराकानी गरेकी छन ।उनको साथमा अहिले साढे ३ बर्षकी छोरी रहेकी छन । 

« चलचित्र ‘जातको कथा’ सारङगी टि.भि युट्युब च्यानलबाट सार्वजनिक «

» बरेङमा क्वारेन्टिनमा चोरी ः गाँउले हैरान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal