दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा बागलुङद्धारा ढोरपाटन बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

२०७७ भाद्र २१ । बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ढोरपाटन बोबाङका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । भाद्र १७ गते राति ढोरपाटन देउराली जंगलबाट झरेको पहिरोले बोबाङमा रहेका बस्ति बगाउँदा ज्यान गुमाएका परिवार, वेपत्ता तथा विस्थापित परिवारका लागि पार्टीको विपद कोषबाट शनिबार आर्थिक सहयोग गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले जानकारी दिनुभयो । 

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर बहादुर थापाको नेतृत्वमा बोबाङ पुगेको जिल्ला स्तरीय टिमले घटनास्थल पुगेर आर्थिक सहायता गरेको सचिव पोखरेलले बताउनुभयो । जनमोर्चाले मृतक तथा वेपत्ता परिवारका लागि प्रति परिवार पाँच हजार र विस्थापित परिवारका लागि प्रति परिवार दुई हजारका दरले राहत हस्तान्तरण गरेको छ ।

अखिल नेपाल युवक संघका पूर्व अध्यक्ष तिलक थापाले मृतक तथा वेपत्ता २१ घरपरिवारलाई १ लाख ५ हजार तथा विस्थापित ७५ घर परिवारलाई १ लाख ५० हजार गरी कुल २ लाख ५५ हजार रुपैयाँ वितरण गरेको बताउनुभएको छ । 

‘अहिलेको तथ्याँकका आधारमा यसरी राहत वितरण गरिएको हो, मृतक र विस्थापित परिवारसँख्या थपिन सक्ने भएकाले नगरपालिकाको तथ्याँकका आधारमा पार्टीले थप राहत रकम प्रदान गर्ने’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थापाले बताउनुभयो । पीडितको पीडामा सामान्य भएपनि मलम लगाउन पार्टी केन्द्र र जिल्लाले तयार पारेको विपद् कोषबाट राहत प्रदान गरेको उहाँले बताउनुभयो ।

यस्तै राहत वितरण कार्यक्रममा पुग्नुभएका प्रदेश साँसद खीमविक्रम शाहीले,‘ जनताको पीडामा राष्ट्रिय जनमोर्चा सधै आफ्नो पीडा जस्तै गरि उभिने पार्टि भएको बताउँदै, हर दुखसुखमा आफ्नो पार्टि तपाइहरुको घरदैलोमा रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अन्य नेता कार्यकर्ता तथा जनप्रनिधिहरु समेत उपस्थित भएका थिए ।

« बरेङमा क्वारेन्टिनमा चोरी ः गाँउले हैरान «

» बरेङमा दोस्रोपटक समुदायस्तरमा स्वाव संकलन, रिपोर्ट नआउन्जेल निषेधाज्ञा जारी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal