दर्ता. न‌: २४५/०६५/०६६

लागु पदार्थ दुव्र्यसनी विरुद्ध अखिल छैठौंको प्रशिक्षण बरेङमा ।

केशब राज क्षेत्री, बरेङ । २९ श्रावण २०७५ । राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौँले बागलुङको बरेङ गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ ।  छैठौको जिल्ला समिति बागलुङले चलाएको लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियान अन्र्तगत मङलबार बरेङ गाँउपालिका स्थित सर्वोदय माध्यमिक विद्यालय बरेङमा प्रशिक्षण तथा भेला सम्पन्न भएको हो ।

समाजमा भएको अन्धविश्वास विकृति विसङगतिको विरुद्धका साथै लागु पदार्थ दुव्र्यसनीले समाजमा पार्ने नकारात्मक असरबारे बताउँदै सचेत बनाउन यस्तो कार्यक्रमको आयोजना गरेको संगठनले बताएको छ ।

छैठौँले विगतका वर्षहरुबाटनै समाजका राम्रा नराम्रा पक्षलाई प्रष्टाउँदै विभिन्न विद्यालयका विद्यार्थीसामू सचेतनामूलक कार्यक्रमहरु गर्ने गरेको छ । आउँदो असोजमा हुने राष्ट्रिय सम्मेलनको तयारीका लागि गाँउ तथा शहरका विद्यालयहरुमा सङगठन विस्तार गर्दै मङलबार सर्वोदय माध्यमिक विद्यालयमा आशिष गुरुङको अध्यक्षतमा ५१ सदस्यीय इकाइ कमिटि गठन गरेको छ जसको उपाध्यक्षमा बुद्धि थापा, सचिवमा लक्ष्मी गलामी, सहसचिवमा प्रकाश थापा र कोषाध्यक्षमा जुनु काउचा चयन भएका छन् । 

भेलामा अखिल छैठौ  जिल्ला समिति बागलुङका उपाध्याक्ष दिलिप बुढाथोकीले प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै छैठौले सोमबार  बरेङ गाउपालिकाकै वडा नं. १ स्थित धुल्लु लियवा माध्यमिक विद्यालयमा सुशिल परियारको अध्यक्षतामा ४१ सदस्य इकाइ कमिटि गठन गरेको छ ।

प्रशिक्षण तथा भेला कार्यक्रमलाई गाउँपालिकाका अन्य वडाहरुमा पनि निरन्तरता दिईने उपाध्यक्ष बुढाथोकीले रेडियो बिहानीलाई बताए ।

« बरेङमा कोरियन भाषा परिक्षा तयारि कक्षा सञ्चालन । «

» बरेङ गाउँपालीकामा एफ आईपिभि खोप शुरु । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal