बरेङमा दोस्रोपटक समुदायस्तरमा स्वाव संकलन, रिपोर्ट नआउन्जेल निषेधाज्ञा जारी
२०७७ भाद्र २१ । बरेङ । बागलुङको बरेङ गाउँपालिकामा पुनः दोस्रोपटक समुदायस्तरमा स्वाव संकलन गरिएको छ ।
छिमेकी चन्द्रकोट गाउँपालिकामा कोरोना पोजेटिभ देखिएको र बरेङका स्थानीयहरुको सोही गाउँपालिकामा बढी आवतजावत हुने हुनाले समुदायस्तरमा कोरोना भाइरस परीक्षणको लागि स्वाव संकलन गरिएकोे पालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले बताए । हाल समुदायस्तर र क्वारेन्टिनमा रहेका गरी ७६ जनाको स्वाव लिइएको “पुनको भनाई छ” ।
पुनका अनुसार शनिबार र आइतबार गरी बरेङ गाउँपालिका वडा नम्बर ४ र ५ मा २२ जना, वडा नम्बर ३ बाटाकाचौरमा १६ जना र वडा नम्बर २ हुग्दिशिरमा ३८ जना गरी जम्मा ७६ जनाको स्वाव लिइएको हो । जसमध्ये २४ जना क्वारेन्टिनमा रहेका व्यक्ति, एक जना वडा नम्बर ४ सल्यानको प्रि आइसोलेसनमा रहेका व्यक्ति र अन्य चन्द्रकोट गाउँपालिकासँग नजिकको सम्र्पकमा रहेका व्यक्ति, वडा अध्यक्ष, प्रहरी, होटल व्यवसाय, सवारी चालक, शिक्षक, पालिका कर्मचारी गरेर स्वाव संकलन गरिएको पालिका स्वास्थ्य प्रमुख पुनले जानकारी दिए ।
कोरोना भाइरस परीक्षणको लागि गत साउन १९ गते बरेङ गाउँपालिकाले पहिलो पटक समुदायस्तरमा स्वाव लिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
स्वाव संकलन गरेर पठाइएकाको रिपोर्ट नआउन्जेलसम्म बरेङ गाउँपालिकामा निपेधाज्ञा जारी नै रहने बताइएको छ ।
« राष्ट्रिय जनमोर्चा बागलुङद्धारा ढोरपाटन बाढीपहिरो पीडितलाई आर्थिक सहयोग «
» निबन्ध प्रतियोगिताः प्रावि तर्फ पुरुषोदय, निमावि तर्फ भृकुटी र मा.वि तर्फ सर्वोदय प्रथम »







