निबन्ध प्रतियोगिताः प्रावि तर्फ पुरुषोदय, निमावि तर्फ भृकुटी र मा.वि तर्फ सर्वोदय प्रथम
२०७७ भाद्र २२, बरेङ । बागलुङको बरेङ गाउँपालिकाले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर संचालन गरेको निबन्ध प्रतियोगिताको नतिजा सोमबार प्रकाशन गरेको छ ।
बरेङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले यही भाद्र १५ गते पालिका भित्रका विद्यालयहरुलाई आफ्नो विद्यार्थीलाई निबन्ध लेख्न लगाई तहगत रुपमा उत्कृष्ट एक जना विद्यार्थी छनोट गरि शिक्षा शाखामा २० गते सम्म इमेल मार्फत पठाउनको लागि अनुरोध गरेको थियो । सोही संकलित निबन्धबाट शिक्षा अधिकृत सूर्यप्रसाद शर्माको संयोजकत्वमा श्रोतव्यक्ति यज्ञप्रसाद न्यौपाने, विषयविज्ञ रोजगार संयोजक केशबराज क्षेत्री र प्राविधिक सहायक विष्णु न्यौपाने को ४ सदस्यीय मूल्याङ्कन समितिले नतिजा निकालेको शिक्षा अधिकृत सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
निबन्ध लेखन प्रतियोगितामा आधारभूत तह कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको लागि “हाम्रो बरेङ गाउँपालिका” शीर्षकमा १६ विद्यालयको सहभागिता रहेको थियो जसमा पुरुषोदय माध्यमिक विद्यालय बरेङ गा.पा. २ कक्षा ५ का विकास वि.क प्रथम, धुल्लुलिउँवा माध्यमिक विद्यालय बरेङ गा.पा.१ कक्षा ५ का नारायण आचार्य द्घितीय र नेपाल कर्तव्यपालन प्राथमिक विद्यालय बरेङ गा.पा १ का आविष्कार पुन तृतीय भएका छन् ।
आभारभूत तह कै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको लागि“कोरोना भाइरसबाट सिर्जित बन्दाबन्दी बीचमा बरेङ गाउँपालिकाले शैक्षिक क्षेत्रमा खेलेको भूमिका” शीर्षकमा ७ विद्यालयको सहभागिता रहेकोमा भृकुटी मा.वि बरेङ २ कक्षा ७ का युसाङ पुन प्रथम, शारदा मा.वि बरेङ ३ कक्षा ७ का प्रशान्त पौडेल द्धितीय र ज्ञानोदय आ.वि बरेङ ३ कक्षा ८ का मनुसुन कार्की तृतीय भएका छन् ।
त्यस्तै माध्यमिक तह कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको लागि “बरेङ गाउँपालिकाको शैक्षिक नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनमा विद्यालयको भूमिका” शीर्षकको निबन्ध लेखनमा ५ विद्यालयको सहभागिता रहेकोमा सर्वोदय मा.वि कक्षा ११ का निमकुमारी गिरी प्रथम, धुल्लुलिउवा मा.वि बरेङ १ कक्षा १० का सिर्जना आचार्य द्धितीय र पुरुषोदय मा.वि. बरेङ २ कक्षा १० का दिवश श्रीस तृतीय भएका छन् ।
बिजेता विद्यार्थीहरुलाई पुरस्कार ग्रहणका लागि मंगलबार गाउँपालिकाको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको शिक्षा अधिकृत शर्माले बताउनुभयो ।
कोरोना भाइरसका कारण विद्यालय सञ्चालन गर्न अप्ठ्यारो परिस्थिति हुँदा पनि वैकल्पिक माध्यमको प्रयोग गरि विद्यार्थीको प्रतिभा प्रष्फुटन गरिराखेको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
« बरेङमा दोस्रोपटक समुदायस्तरमा स्वाव संकलन, रिपोर्ट नआउन्जेल निषेधाज्ञा जारी «
» हुग्दिसिरका ५ सल्यानका २ सहित ७ जनामा कोरोना संक्रमण पुष्टि »







