दर्ता. न‌: २४५/०६५/०६६

हुग्दिसिरका ५ सल्यानका २ सहित ७ जनामा कोरोना संक्रमण पुष्टि

दिपेन्द्र परियार बरेङ ।२५भदौ ।०७७।बरेङ गाँउपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर होमक्वारेन्टाईनमा बसेका मध्ये वडा न ४ का २ जना तथा वडा न २ का ५ जनामा कोरोना भाईरस को संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बरेङ गाँउपालिका वडा न ४ सल्यानका बर्ष २० र २२ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वडा न २ हुग्दिसिरका बर्ष  ५९, ३६ का २ जना पुरुष तथा बर्ष  ८ का बालक बर्ष ५७ र ३३ का २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २१ गते ७६ जनाको नमुना स्वाब संकलन गरिएका मध्ये ७ जनाको रिर्पोट आएको बरेङ गाँउपालिकाका स्वास्थ्य संयोजक पदम बहादुर पुनले बताए । त्यस्तै जैमिनी नगरपालिका की ५१ बर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको क्षयरोग उपचार केन्द्र पोखराले बिहिबार बिहान सार्बजनिक गरेको बिज्ञप्तीमा उल्लेख छ ।

« निबन्ध प्रतियोगिताः प्रावि तर्फ पुरुषोदय, निमावि तर्फ भृकुटी र मा.वि तर्फ सर्वोदय प्रथम «

» बिहानी बहुद्धेश्यीय सहकारी संस्थाद्वारा सदस्यको निधनमा राहात प्रदान । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal