बरेङमा अनिश्चितकालिन निशेधाज्ञा हट्यो ःआईतबार देखि सम्पुर्ण सेवाहरु नियमित सुचारु हुने
दिपेन्द्र परियार,बरेङ।२७।भदौ ०७७।बरेङ गाँउपालिकाले यस अघि जारि गरेको अनिश्चिलकालीन निशेधाज्ञा आईतबार देखि हटाउने भएको छ ।
सनिबार बरेङ गाँउपालिकाले एक सुचाना जारि गर्दै बरेङ गाउपालिका भित्र समुदाय स्तरमा गरिएको कोरोना परिक्षण रिर्पोट नगेटिभ आएको भन्दै आईतबार बिहान देखि लागु हुने गरि बन्दाबन्दी को स्वरुप परिवर्तन गरेको हो ।
सुचनामा गुल्मीको छिमेकी चन्द्रकोट गाँउपालिकामा समुदायमा ठुलो संख्यामा कोरोना संक्रमण देखिएको भन्दै पालिकामा जान आउन तथा अत्याबस्यक बाहेकका मालसामान ओसार पसार गर्न गराउन पुर्ण बन्देज गरिएको उल्लेख छ ।
त्यस्तै बरेङ गाँउपालिकाका सबै होटेल पसल तथा सेवा कार्यलयहरु साथै बैंक तथा बित्तिय संघ सस्थाहरु खुल्ने भएका छन । भिडभाड नगरी सुरक्षाका मापदण्डहरुको पालना गरेर आफ्ना नियमित कार्य सञ्चालन गर्न सुचनामा अनुरोध गरिएको छ ।सुचनामा बैक तथा बित्तिय सस्थालाई एक दिनमा बढिमा २० जनालाई मात्र सेवा प्रदान गर्न आग्रह गरिएको छ ।भारत बिदेश तथा प्रभाबित स्थानबाट आएको ब्यक्तिहरुलाई अनिबार्य क्वारेन्ठटाईनमा बस्ने र बरेङ गाँउपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउन अनुरोध गरेको छ ।
सवारी चालकहरुले अनिबार्य गाडीलाई निर्मलिकरण गर्न र यात्रुहरुलाई माक्स र स्यानिटाईजरको प्रयोग गर्न आग्रह गरेको छ ।
सुचनामा अनाबस्यक भिडभाड गर्ने गराउने माक्स नलगाउने ,क्वारेन्टाईनमा नबस्ने ब्यक्ति हरुलाई कार्बाही गर्ने बताईएको छ ।
« जैदिमा पहिरो ४ घर गोठ उच्च जोखिममा «
» नेकपा बरेङ गाँउकमिटी द्धारा ढोरपाटन बाढि पिडीतका लागी २५ हजार राहत प्रदान »







