जैमिनी ७ जैदि भिकुन्ठानमा पहिरो १ घर परिवार बिस्थापित २ घर जोखिममा
दिपेन्द्र परियार।२८।भदौ।०७७।बाग्लुङको जैमिनी नगरपालिका वडा न ७ जैदि भिकुन्ठानमा पहिरो जाँदा १ घर परिवार बिस्थापित भएका छन २ घर जोखिममा परेका छन ।
गएरातिको अविरल बर्षातका कारण भिकुन्ठान स्थित पुर्न बहादुर थापाको घरको पिडीबाट पहिरो गएपछि थापाको परिवार बिस्थापित भएको हो उनिहरु अहिले आफ्नै अर्को घरमा बसेका छन ।
पहिरो आसपासमा रहेका द्रोण बहादुर थापा र शक्त बहादुर थापाको घर पहिरोको जोखिममा परेको जैदिबाट हाम्रा संबाददाता मनिस रानाले खबर पठाएका छन । उनका अनुसार कुस्मीसेरा देखि छिस्ती जोड्ने कृषी सडकको बिभिन्न ठाँउमा झरेको पहिरोका कारण सडक पुर्ण रुपमा अबरुद्ध भएको छ ।
« नेकपा बरेङ गाँउकमिटी द्धारा ढोरपाटन बाढि पिडीतका लागी २५ हजार राहत प्रदान «
» जैमिनी ७ जैदिमा बर्षा सँगै चट्यान ः ७ घर सहित १ बिद्यालयमा क्षति ः१ घर बिस्थापित »







