जैमिनी ७ जैदिमा बर्षा सँगै चट्यान ः ७ घर सहित १ बिद्यालयमा क्षति ः१ घर बिस्थापित
दिपेन्द्र परियार ।२९।भदौ।०७७।बाग्लुङको जैमिनी नगरपालिका ७ जैदिमा अबिरल बर्षा सँगै परेको चट्यानले ६ घरमा क्षति पु¥याएको छ ।
जैदिको सतिढुङगा कोलकाटे कलावति राना मगरर्नी को घर नजिकै रहेको काभ्रोको रुखमा गए राति करिब ३ बजे चट्यान परेर बिद्युतमा प्रसारण हुदा ति घरमा क्षति पुगेको हो ।
जैदि स्थित कलावती मगर्नी , गोपी थापा, प्रकास जिसि, गोपाल हमाल, बल बहादुर थापा, ठग बहादुर रानाको घरको मिटर बक्स सहित सम्पुर्ण वायरिङ नष्ट भएको छ भने घरमा पनि चिरा चिरा पारेर क्षति पुराएको छ । चट्यानका कारण साबिकको जैदि गाबिस वडा न २ मा बिद्युत सेवा अबरुद्ध भएको छ ।
त्यस्तै गएरातिनै जैदिको थुम्का बिसाउन स्थित लोक बहादुर पाध्यको घर अगाडी आँगन बाट पहिरो जाँदा पाध्याको घर परिवार बिस्थापित भएको छ ।अहिले उनिहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको जैदिबाट हाम्रा संबाद दाता मनिस राना ले खबर पठाएका छन ।
लगातारको बर्षाले डाडार स्थित ४ घर र पहिरो भन्दा तल काभ्रेका अन्य २ घर जोखिममा परेका छन । जैदी बोरमा रहेको भगवति प्राविमा पहिरोले क्षति पुर्याएको छ ।
वर्षाका कारण विद्यालय माथीबाट खसेको पहिरोले विद्यालयको छानोमा क्षति पु¥याएकोे छ ।
« जैमिनी ७ जैदि भिकुन्ठानमा पहिरो १ घर परिवार बिस्थापित २ घर जोखिममा «






