दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाको वडा न ५ सुखौराका सबै योजना सम्झौता सम्पन्न, पौस मसान्त भित्र कार्य सम्पन्न गरिसक्नु पर्ने

दिपेन्द्र परियार।बरेङ।३०।भदौ।०७७।बरेङ गाँउपालिका वडा न ५ सुखौराले वडामा चालुआर्थिक बर्षमा छनोट भएका सबै योजनाहरु पौस मसान्तभित्र सम्पन्न गर्ने गरि सम्झौता गरेको छ ।

चालु आर्थिक बर्ष ०७७÷७८ को स्विकृत बजेट निति तथा कार्यक्रम अनुसार वडा न ५ सुखौरामा छनौट भएका कुल १० योजनाहरुको सम्झौता सम्पन्न गरेको हो ।

मंगलबार सम्झौता सम्पन्न योजना हरु आगामी पौस मसान्त भित्र कार्य सम्पन्न गरिसक्ने गरि उपभोक्ता समितीले प्रतिबद्धता जाहेर गरेका छन ।

पालिकाले सार्बजनिक गरेको चालु आर्थिक बर्षको आफ्नो निति तथा कार्यक्रममा सम्झौता भएका योजना हरु तोकिएको अबधि भित्र अनिबार्य काम सम्पन्न गरिसक्नु पर्ने अन्यथा थप काबार्हिको भागीदार बन्नु पर्ने निती समेटेको छ । 

« जैमिनी ७ जैदिमा बर्षा सँगै चट्यान ः ७ घर सहित १ बिद्यालयमा क्षति ः१ घर बिस्थापित «

» बरेङमा सुतिरहेका ३ जनाको हत्या गर्ने प्रयास ः फोनले बचायो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal