बरेङ गाउँपालीकामा एफ आईपिभि खोप शुरु ।
पदम राङखानी, बरेङ । ०२ भाद्र २०७५ । बागलुङको बरेङ गाउँपालीका अन्र्तगतका सबै स्वास्थ्य संस्थाहरुमा एफ आइ पि भि खोप कार्यक्रम शुरु गरिएको छ । पोलियो रोग लाग्न बाट बचाउने उक्त खोप कार्यक्रम शनिबार देखि शुरु गरिएको हो ।
एफ आइपिभि खोप गण्डकी प्रदेश अन्र्तगतका सबै स्वास्थ्य संस्थाहरुमा लागू गर्ने कार्यक्रम अनुसार बरेङ गाउपालिकामा पनि कार्यक्रम शुरु गरिएको छ । खोप बच्चा जन्मेको ६ हप्ता र १० हप्तामा गरि दुई पटक लगाउनु पर्ने बताइएको छ ।
यस संगै अब देखि बच्चाले पाउने खोपको संख्या ७ पुगेको छ भने खोप बाट विभिन्न ११ किसिमका रोग लाग्न बाट बालबालिका लाई बचाउन सकिने छ ।
« लागु पदार्थ दुव्र्यसनी विरुद्ध अखिल छैठौंको प्रशिक्षण बरेङमा । «