बरेङमा सुतिरहेका ३ जनाको हत्या गर्ने प्रयास ः फोनले बचायो
दिपेन्द्र परियार बरेङ।१ असोज ०७७।बाग्लुङको बरेङ गाउँपालिका वडा न। ३ बाटाकाचौर खाल्लेस्थित एक घरमा बुधबार राति आगालागि भएको छ ।
खाल्ले स्थित सरस्वती बिश्वकर्माको घरमा उनि सहित २ छोरा सुतिरहेको अबस्थामा राति करिब २ बजेको समयमा घरको ढोकामा बाहिरबाट चुक्कल लगाएर घरमा आगो लगाईदिएको विश्वकर्माको भनाई छ ।
घरमा एक्कासी आगोलागी भएको थाहा पाएपछि सरस्वतीले आफ्ना सासु–ससुरालाई फोन गरेर बोलाएपछि आगोबाट बच्न सफल भएको बताईन ।आगलागीबाट बिकको खरले छाएको एकतले घर र नगद सहित सम्पुर्ण सामानहरु जलेर नष्ट भएको छ । समयमै छिमेकीहरु आएर उद्धार गरेकोले मानवीय क्षति हुन नपाएको वडा सदस्य पृथ पुनले बताए ।
घर जलेर नष्ट हुँदा नगद १० हजर रुपैयाँ सहित करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यलय बरेङ डाँडाले जानकारी दिएको छ । प्रहरीका अनुसार आगो कस्ले र किन लगायो भन्ने बिषयमा थप अनुसन्धार जारी रहेको छ ।
सरस्वतिको परिवारमा २ छोरा सहित ४ जना रहेका छन । बिकका श्रीमान हाल बैदेशिक रोजगारीका क्रममा तेस्रो मुलुकमा रहेका छन । पिडित लाई नेपालरेडक्र सोसाईटि बाटाकाचौर उपसाखाले तत्कालका लागी त्रिपाल उपलब्ध गराएर घर छाईदिएको छ ।
» सुनौलो बाग्लुङ संस्थाको बरेङ गाँउपालिका स्तिरिय समिती गठन »







